३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली

लोकतान्त्रिक विकासको नयाँ अध्याय शुरु गर्दैछौँः महामन्त्री पौडेल

लोकतान्त्रिक विकासको नयाँ अध्याय शुरु गर्दैछौँः महामन्त्री पौडेल
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको केन्द्रिय कार्यसमिति बैठकले निर्वाचन केन्द्रित केही ठोस र ऐतिहासिक निर्णय गर्ने बताउनुभएको छ ।

पार्टी कार्यलय सानेपामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उहाँले शुक्रवार बस्न लागेको बैठकले गर्ने निर्णयले देशभर नयाँ राजनीतिक तरङ्ग सिर्जना गर्ने दाबी गर्नुभयो । उहाँले बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने ऐतिहासिक निर्णय गर्न लागिएको जानकारी दिनुभयो । काँग्रेसले पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर निर्वाचनमा होमिने तयारी गरेको छ ।

सोही प्रश्ताव पार्टीको केन्द्रिय समितिमा लैजाने र बैठकले निर्णय गर्ने महामन्त्री पौडेलले जानकारी दिनुभयो । महामन्त्री पौडेलले यसलाई लोकतान्त्रिक अभ्यासको विकासको नयाँ अध्याय भएको बताउनु भयो । काँग्रेसले नागरिकलाई देशको प्रधानमन्त्री को बनाउने भन्ने छनोट गर्ने अवसर विधिवत रूपमा प्रदान गर्न लागेको उहाँको दाबी छ । संसदीय निर्वाचनमा पार्टीका उम्मेदवारले प्रधानमन्त्री को बन्ने भन्ने स्पष्ट आधारसहित मत माग्ने व्यवस्था स्थापित गर्न काँग्रेसले यो अभ्यास शुरु गर्न लागेको उहाँको भनाई छ । अब मतदाताले उम्मेदवार जितेपछि को प्रधानमन्त्री हुन्छ भन्नेकुरा पहिले नै थाहा पाउने उहाँले बताउनु भयो । नागरिकले प्रधानमन्त्री चयन प्रक्रियामा प्रत्यक्ष भुमिका खेल्न पाउने प्रणाली विकास गर्ने लक्ष्य काँग्रेसले लिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज बस्ने बैठकले निर्वाचन केन्द्रित भएर केही ठोस, ऐतिहासिक निर्णयहरु गर्दैछ । आजथ केन्द्रिय कार्यसमितिले गर्ने निर्णयले देशभरि एउटा नयाँ तरङ्ग सिर्जना गर्नेछ । निर्वाचनमा काँग्रेसप्रति मत आकर्षित गर्नको लागी आजको निर्णय महत्वपूर्ण हुनेछ । नेपाली काँग्रेसकै ईतिहासमा पहिलो पटक विधिवत् रुपमा नेपाली कांग्रेसले निर्वाचन लक्षित गरेर निर्णय गर्दैछ । खासगरि हामीले विशेष महाधिवेशनमा नै प्रतिवद्धता गरेका थियौँ । हामी नेतृत्व पनि परिवर्तन गर्नेछौँ, नीति पनि परिवर्तन गर्नेछौँ । काँग्रेसको नेतृत्व र नीति परिवर्तनपछि देशको नेतृत्व पनि फेर्ने गरि काँग्रेसले नयाँ प्रश्ताव ल्याउनेछ भनेर हामीले विशेष महाधिवेशनमा संकल्प गरेका थियौँ । त्यही संकल्प बमोजिम काँग्रेस त परिवर्तन भयो, काँग्रेस त नयाँ भयो । अब काँग्रेसको नेतृत्वलाई देशले नयाँ बनाउनको निम्ति काँग्रेसको तर्फबाट काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले फागुन २१ गते हुने निर्वाचन मार्फत नेपाली काँग्रेसले देशको प्रधानमन्त्री प्रस्ताव गर्नेछ ।’

‘नेपाली काँग्रेसले नागरिकलाई देशको प्रधानमन्त्री को बनाउने भनेर छनोट गर्ने अवसर विधिवत रुपमा निर्णय गरेर प्रदान गर्दैछ । यो एकदमै लोकतान्त्रिक पद्धतीको विकास काँग्रेसले प्रक्रियागत ढंगले शुरु गदैछ । यो चाँही आवधिक निर्वाचन हुनु अगाडी प्रधानमन्त्री घोषणा गर्ने प्रणालीतिर जाने संकेत हो । यो अरु कुनै खालको संकेत होईन । खासगरि संसदीय निर्वाचनमा पार्टीको वारेस लिएर जो उम्मेद्वार हुन्छ । त्यो उम्मेद्वारले प्रधानमन्त्री को बनाउँछ भन्ने आधारमा मत प्राप्त गर्ने स्थिति बन्नुपर्छ । त्यसैले अहिले नेपाली काँग्रेसको उम्मेद्वारहरुले जित्दै गर्दा उहाँहरुले जित्यो भने को प्रधानमन्त्री हुन्छ भन्ने कुरा पनि मतदाताले थाहा पाउने स्थिति हामीले बनाउन खोजेका हौँ । हामी प्रतिस्पर्धा गर्दा हाम्रो प्रधानमन्त्रीसहित प्रतिस्पर्धा गर्न हामीले खोजेका हौँ । यो अभ्यासको विकास गर्न खोजेका हौँ । त्यसैले एउटा प्रतिनिधिसभाको सदस्य मात्रै निर्वाचित हुँदैन, आम मतदातादे निर्वाचित गरेको आफ्नो क्षेत्रको प्रतिनिधि सभाको सदस्यले प्रधानमन्त्री को बनाउँछ भन्ने आधारमा अथवा प्रधानमन्त्री नै नागरिकले छनौट गर्न पाउने विधि स्थापित गर्नको लागि हामीले यो प्रणालीको शुरुवात गरेका हौँ ।’ 

महामन्त्री पौडेलले बैठकले निर्वाचनमा कांग्रेसप्रति मत आकर्षित गर्न महत्वपूर्ण निर्णयहरु गर्ने पनि जानकारी दिनुभयो । कांग्रेसले विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व र नीति दुवै परिवर्तन गरेकोले अब देशको नेतृत्व पनि परिवर्तन गर्ने दाबी गर्नुभयो । अब काँग्रेसले देशको नेतृत्व परिवर्तनका लागि नयाँ प्रस्ताव ल्याउन लागेको उहाँले जानकारी दिनुभयो । उहाँले सबै नेपालीको भावना प्रतिनिधित्व गर्नको लागी काँग्रेसले सभापति गगन थापालाई मधेसबाट उम्मेद्वार बनाएको पनि बताउनु भयो ।