८ आश्विन २०८१, मंगलवार
,
Latest
महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनावः निर्माण व्यवसायीले घेरे पदाधिकारी, समस्याको कारक सदस्य सचिव लामा भएको आरोप प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राजदूतले आजै भेटिन्, एमसीसीप्रति सकारात्मक देखिएनन् सभामुख सापकोटा



अ+ अ-

नारद शर्मा, काठमाडौं । आज सभामुख पदको पदबहाली गरेपछि पत्रकारहरुले सभामुख अग्नि सापकोटालाई एक प्रश्न सोधे– सभामुखज्यू नेपालमा हाल बहुचर्चाको विषय एमसीसी तपाईँ आएपछि पास हुन्छ भनिएको छ, के हुन्छ यो कहिले पास गर्नुहुन्छ ? यो प्रश्नपछि एकछिन घोरिएर सोचे र जवाफ दिए । उनको जवाफ र अनुहारको हाउभाउ हेर्दा लाग्दथ्यो उनी एमसीसीप्रति त्यति सकारात्मक थिएनन् । उनको जवाफ थियो– एमसीसीलाई अहिल्यै किन हतार, गरौँला नि । तर सम्वाददाताहरु सन्तुष्ट भएनन् । फेरि सोधे– त्यसो भए के एमसीसी पारित हुदैन ? सभामुखको जवाफ आयो, होइन यस विषयमा बजारमा प्रयाप्त मात्रामा छलफल होस् न किन अहिले नै हतार गर्नुपर्यो ?

सभामुख सापकोटाले हतार गर्नुपर्ने एजेण्डाले पूर्व सभामुख जेल पुर्याएको भन्नेहरुको पनि कमी छैन । अर्काे कुरा प्रधानमन्त्री केपी ओलीले आजै, भोलि नै एमसीसी पारित गर्नुपर्ने हतारो बडो द्रूत गतिमा लगाइरहेको भान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अभिव्यक्तिबाट पनि देखिने गरेको छ । मन्त्री ज्ञवालीले जुनसकै ‘पब्लिक फोरम’मा पनि एमसीसीको प्रसंग आफै ल्याउँछन् र सरकारले यसलाई पास गरेरै छोड्छ भन्छन् । प्रधानमन्त्री ओलीले त सार्वजनिक रुपमा नै यो एजेण्डा पूर्व सभामुख कृष्णबहादुर महराका कारण पारित हुन नसकेको भनी टिप्पणी नै गरेका थिए ।

त्यस्तै आज सोमबारका नेपाली छापाहरुले चार महिनापछि संसदले सभामुख पायो र अब अग्निको पहिलो अग्नि परीक्षा यही एमसीसी हो भनेर लेखेका छन् । तर पनि उनले पद बहाली गरेलगत्तै समाचारदाताहरुसँग कुरो चपाएर बोलेको देख्दा धेरैले उनी यसप्रति अहिले नै पूरा रुपमा नकारात्मक छन् भन्न नमिले पनि सकारात्मक भने नदेखिएको टिप्पणी गरेका छन् । उनले खुलेरै एमसीसी पास हुन्छ भनेर भन्न नसकेको अवस्थाबाट यो अनुमान गर्न अप्ठेरो मान्नुपर्ने अवस्था भने देखिँदैन ।

अर्काे कुरा नेपालस्थित चिनियाँ राजदूत हाउ याङ्छीले आजै सभामुख सापकोटालाई गरेको भेटबाट पनि धेरैले यो कुराको अनुमान सहजै गरिरहेका छन् । सभामुखको सपथ लिएर पद बहाली गरेलगत्तै नेपालीभन्दा पनि पहिला भेट्ने पहिलो विदेशी नागरिक बनेकी छिन् चिनियाँ राजदूत । कतिपयले एमसीसी चिनियाँ आयोजना बिआरआइको ‘काउन्टर’ दिन अमेरिकाले ल्याएको आयोजना पनि भनेका छन् । यद्यपि यस विषयमा अमेरिका र चीनको औपचारिक भनाई पनि त्यस्तो छैन । तर पनि नेपालमा यो आयोजना पारित नहोस् भन्ने चीन चाहन्छ । यसरी एकातर्फ चीनले कार्यकक्षमै पुगेर सबैभन्दा पहिला चिनियाँ राजदूतले भेट्ने र अर्कातर्फ एमसीसी पारित गर्न अहिले हतार छैन भन्ने सभामुखको प्रतिक्रियाले सहजै यो कुराको अनुमान लगाउन सकिन्छ कि सभामुख सापकोटा एमसीसी पारित गर्ने पक्षमा सकारात्मक देखिएनन् । यसबाट सापकोटालाई एमसीसी पारित गराउने शर्तमा सभामुख बनाउन प्रधानमन्त्री ओली तयार भए भनी अनुमानको बजार तताउनेहरुको अनुमान पनि सही साबित नहुने खतरा बढ्ने देखिन्छ ।