६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

१३ लाख ३३ हजार वर्गमिटर अतिक्रमित जग्गा रोक्का

१३ लाख ३३ हजार वर्गमिटर अतिक्रमित जग्गा रोक्का
अ+ अ-

काठमाडौं । सरकारले मुलुकका विभिन्न भागमा भूमाफियाबाट अतिक्रमणमा परेका १३ लाख ३३ हजार ७ सय ८३ वर्ग मिटर जग्गा फिर्ता गर्ने प्रक्रिया थालेको छ । सो प्रक्रियाअनुसार अतिक्रमणमा परेका जग्गाको सम्पूर्ण कारोबार रोक्का राखिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । सरकारले अतिक्रमणमा परेका अन्य जग्गाको खोजतलास जारी राखिएको समेत जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता गराउन सरकारलाई पटक–पटक पत्राचार गर्दै आएको छ ।

भूमि व्यवस्था मन्त्रालयले विभिन्न उजुरी तथा अख्तियारको पत्रका आधारमा अतिक्रमणमा परेका जग्गा फिर्ता अभियान थालिएको जनाएको छ । ‘ठूलो परिमाणमा सरकारी जग्गा अतिक्रमणमा परेका उजुरीहरू आएका छन्, हामी ती सबै जग्गा फिर्ता गर्ने अभियानमा छौं,’ मन्त्री अर्यालले भनिन् । मन्त्री अर्यालले अतिक्रमणमा परेका हजारौं रोपनी सरकारी जग्गा छिट्टै फिर्ता गरिने बताइन् । विगतमा भूमाफिया, राजनीतिक नेतृत्व र सरकारी कर्मचारीको मिलेमतोमा सरकारी जग्गा अतिक्रमणमा पर्दै आएका थिए ।

भूमाफियाहरूले मुलुकका विभिन्न भूभागमा रहेका सरकारी जग्गाहरू आफ्नो नाममा बनाएर बिक्री वितरण गरेका थिए । ‘अब त्यसरी सरकारी जग्गा अतिक्रमण गर्ने कल्पना कसैले नगर्दा हुन्छ,’ मन्त्री अर्यालले भनिन् । मन्त्री अर्यालका अनुसार अतिक्रमणमा परेका १ सय २५ बिघा जग्गा सरकारको नाममा फिर्ता ल्याइएको छ । गुठीका नाममा रहेका जग्गा मठाधीशले बिक्री गरेकाले त्यस्ता जग्गाहरूसमेत धमाधम फिर्ता गर्ने प्रक्रिया थालिएको मन्त्रालयले जनाएको छ । मन्त्री अर्यालले सर्लाहीको बरहथवाबाट औपचारिक रूपमा जग्गा बदर गर्ने कार्य सुरुवात गरेको जानकारी दिइन् ।

मन्त्री अर्यालले २६ हजार १ सय ७६ हेक्टर जमिनको पुन नापी, गाउँ ब्लक नापी र विशेष नापी गरिएको बताइन् । मन्त्री अर्यालले अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता अभियानमा सबै पक्षको सहयोग र साथ रहनुपर्ने बताइन् । ‘जमिनको व्यवस्थापन गर्ने कार्य निकै कठिन हो, हामीकहा थुप्रै जमिन विभिन्न नाममा दोहन भएका छन् । त्यस्तो दोहन रोकेर सबै जमिनको सुरक्षा गर्न विशेष नीति ल्याउनेछौं,’ मन्त्री अर्यालले भनिन् । भूमि व्यवस्था मन्त्रालयकै प्रस्तावमा सरकारले सरकारी जग्गा अतिक्रमण सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोगसमेत बनाएको थियो ।

सो आयोगले पनि अतिक्रमणमा परेका ४ सय ७० बिघा जग्गाको पहिचान गर्दै फिर्ता गर्न सरकारलाई सिफारिस गरेको थियो । सो जग्गासमेत फिर्ता गर्ने प्रक्रिया थालिएको मन्त्रालयले जनाएको छ । सो प्रतिवेदनअनुसार ३ सय ४८ बिघा जमिन अस्पष्ट र दोहोरो स्रेस्ताको रहेकाले लगत कट्टा गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । मन्त्री अर्यालका अनुसार गुठी जग्गाअन्तर्गत बागेश्वरी गुठी, काठमाडौं महानगरपालिकामा लक्ष्मीनारायण गुठीलगायतका अन्य क्षेत्रको गरी झन्डै १०८ बिघा व्यक्तिको नाममा रहेको गुठीको जग्गा सरकारका नाममा फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको छ ।

मन्त्री अर्यालले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता गर्नेमाथि छिट्टै कारबाही अघि बढ्ने बताइन् । जटिल विषय भएकाले अनुसन्धानमा समय लागेको भन्दै मन्त्री अर्यालले अनुसन्धानमा कमजोरी भए अदालतले प्रश्न उठाउन सक्ने भएकाले विधि पुर्याएर अनुसन्धान गरिएको मन्त्री अर्यालले जानकारी दिइन् । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको विषयमा हाल मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान जारी राख्दै आएको छ । राजधानी दैनिकबाट