११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा उम्मेदवारविरुद्ध उजुरी परेन



अ+ अ-

नेपालगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने विरुद्ध कुनै पनि उजुरी नपरेपछि बाँके जिल्लामा सबैको उम्मेदवारी कायम भएको छ ।

तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा आसन्न निर्वाचनका क्रममा विभिन्न राजनीतिक पार्टी र स्वतन्त्रसमेत गरी जम्मा ६१ जनाले उम्मेदवारी दिएका थिए । मुख्य निर्वाचन अधिकृत कार्यालय, नेपालगञ्जका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार तोकिएको समय सीमाभित्र कुनै पनि उम्मेदवार विरुद्ध उजुरी नपरेपछि सबैको उम्मेदवारी कायम भएको छ ।

जिल्लाको तीन निर्वाचन क्षेत्रमा कूल तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन् । यसमध्ये १ नं। निर्वाचन क्षेत्रमा एक लाख २४ हजार ७२७, निर्वाचन क्षेत्र नं २ मा एक लाख आठ हजार २९० र निर्वाचन क्षेत्र नं ३ मा एक लाख १७ हजार ३५४ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस