४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा राजीनामा

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा राजीनामा
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन्।  विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्वसहितको कार्यसमिति चयन भइसकेपछि उनले मुख्यसचिव पदबाट अलग भएको बताएका छन्।

पुस ३० गते गगन थापाको सभापतित्वमा नेपाली कांग्रेसमा नयाँ केन्द्रीय कार्यसमिति गठन भएको थियो।

उक्त कार्यसमितिले भोलि केन्द्रीय कार्यालय सानेपा पुगेर पदभार ग्रहण गर्ने र केन्द्रीय समिति बैठक बस्ने कार्यक्रम तय गरिएको छ। त्यही कार्यक्रमअघि मुख्यसचिव पौडेलले राजीनामा दिएको स्रोतले जनाएको छ। पौडेल राष्ट्रिय सभा सांसदसमेत हुन्।

पौडेलको राजीनामापछि पार्टी सचिव प्रकाश शर्माले केन्द्रीय समिति बैठक बस्नेबारे औपचारिक सूचना जारी गरेका छन्।

यसअघि विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा पनि पौडेल मुख्यसचिवका हैसियतमा तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको लेटरप्याड प्रयोग गरी सूचना जारी गर्दै आएको विषयलाई लिएर पार्टीभित्र असन्तुष्टि र विरोधसमेत देखिएको थियो।