८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी अनुमोदन गर्न कसले आपत्ती गरेको छ यहाँ ? : सभापती देउवा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले नवनिर्वाचित सभामुख को सफल कार्यकालको शुभकामना दिदै आफ्नो तर्फबाट पुर्ण सहयोग रहने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई सफलताको शुभकामना दिदै विपक्षी दललाई सधै विश्वासमा लिएर अघि बढ्न आग्रह गर्नुभएको हो । विपक्षी दललाई विश्वासमा लिएर काम गर्न सकेमा मात्रै सिंगो संसदले सफलता प्राप्त गर्ने भन्दै उहाँले त्यस तर्फ गम्भीर हुन सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “मलाई विश्वास छ । सभामुख भईसकेपछि तपाई कुनै पार्टीको सभामुख होइन नि । सम्पुर्ण सभाको सभामुख हो । खासगरी प्रतिपक्षीलाई विश्वासमा लिएर अघि बढ्नुहोला । भोलीका दिनमा तपाईको सफलताका लागि यिनी कुराहरुमा हाम्रो पार्टीले पुरा पुरा सहयोग गर्ने बचन दिन्छु ।”

उहाँले संविधानको मर्म प्रतिकुल हुने विधेयकहरुलाई पास सदनबाट पास गराउन नहुने तर्फ पनि सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “अहिले प्रधानमन्त्रीले लोकतन्त्रका कुरा गर्नुभयो । खुसी लाग्यो लोकतन्त्रका खिलापका विधेयकहरु हटाउनुपर्यो ।”

उहाँले कोरोना भाईरस जोखिमको न्यूनिकरणमा विशेष पहल गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो “कोरोना भाईरसका विरामीहरु नेपालमा छिरिसकेको भन्ने सुनेको छु । कारोना भाईरस जोखिम न्यूनीकरण गर्न २४ घण्टे हेल्प डेक्स राख्नु पर्यो । चिन संगको सिधा उडानले झन जोखिम पुर्याएको छ । ”

प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा उल्लेख गरेको केही प्राकृतिक धक्काका बारेमा उहाँले प्रश्न गर्नुभयो । “प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभएको छ । के धक्का हो यो ? कहाँबाट आउने हो धक्का । कसले धक्का दिने भएको छ ? कसले धक्का दिनख सक्छ हामी पनि हेरुम । धक्का कसले दिदै छ प्रधानमन्त्री बोल्नुभएको छैन ।”

उहाँले अमेरिकी सरकारको ठूलो सहयोग रहेकाले एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “अमेरिकाले भनिसक्यो । चिनले बोलिसक्यो हामीलाई आपत्ती छैन भनेर । कसले आपत्ती गरेको छ यहाँ ? ”