२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बिद्यार्थीलाई दोस्रो विश्वयुद्धमा भएको नरसंहारबारे शिक्षा प्रदान



अ+ अ-

काठमाडौं । ७५ बर्ष अघि भएको दोश्रो बिश्बयुद्ध , नरसंहार र शान्ति स्थापनाका लागी भएका प्रयासका बारेमा नेपाली बिद्यार्थीहरुलाई जानकारी गराईएको छ ।

जर्मन दूतावासको आयोजनामा, शिक्षा तथा विज्ञान मन्त्रालय, काठमाण्डौस्थित सयुक्त राष्ट्र संघको कार्यालय , यूरा्ेपियन यूनियन र ईजरायल दूतावासको सहयोगमा काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटा सरकारी र १० वटा निजी गरी २५ विद्यालयका विधार्थीलाई जर्मनीमा दोस्रो विश्वयुद्धमा भएको नरसंहारबारे शिक्षा प्रदान गरिएको हो । ।
जर्मनीमा घटेको नरसंहार शान्ति स्थापना कसरी गर्नेबारे जानकारी गराएको जर्मन राजदुत रोल्याण्ड शेफरले बताउनु भयो ।

५०० युवा स्वयंसेवक परिचालित रहेको कार्यक्रममा विश्वयुद्ध, त्यसले पारेको प्रभाव र व्यवस्थापनबारे माध्यमिक तहका विधार्थीलाई शिक्षा प्रदान गरिएको छ । कार्यक्रमले नयाँ पुस्तालाई भेदभाव र असहिष्णुता विरुद्ध लड्दै शान्ति स्थापन गर्न टेवा पुग्ने आयोजक संस्थाको बिश्वास रहेको थियो।