१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पर्वतारोहण संघले कार्यक्रम गर्ने



अ+ अ-

काठमाडौं । नेपाल पर्वतारोहण संघले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी एकैपटक विभिन्न चार कार्यक्रम गर्ने भएको छ ।

संघले मंगलबार पत्रकार सम्मेलन गरी पर्यटन वर्ष २०२० को प्रचार प्रसार र नेपालका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनका लागि कार्यक्रमहरु आयोजना गर्न लागिएको जानकारी दिएको छ । संघका अध्यक्ष सन्तवीर लामाले आगामी फेब्रुअरी १ देखि १० गते मनाङमा ‘दोस्रो आइस क्लाम्बिङ फेस्टिभल २०२०’ आयोजना गरिने बताउनुभयो । त्यस्तै फेब्रुअरी १ र २ मा पासाङ ल्हामु स्पोर्टस क्लाम्बिङ सेन्टरमा ‘सातौं पार्क योङ्ग सिओक वाल क्लाम्बिङ कम्पिटिसन’, फुब्रुअरी ३ देखि ५ सम्म पोखरामा ‘तेस्रो विश्व शान्ती पुजा’ र फेब्रुअरी ५ मा ‘सत्रौं अन्तर्राष्ट्रिय पर्वतिय संग्राहलयको वार्षिकोत्सव’ आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले नेपाली हिमालमा हुने प्राकृतिक प्रकोपलाई बिर्सेर आनन्द लिन र भ्रमण वर्षको प्रचार प्रसारका लागि कार्यक्रमहरुले सघाउ पुर्याउने बताउनुभयो ।

कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० सचिवालयका उपसचिव राजन पौडेलले पर्यटन वर्षको लक्ष्य पुरा गर्न सचिवालयले नेपाल पर्वतारोहण संघसँग सहकार्य गर्न तयार रहको बताउनुभयो । उहाँले सचिवालयले एक्लै लक्ष्य पुरा गर्न नसकने बताउँदै संघले ल्याएका कार्यक्रमहरुलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

सबै कार्यक्रममा विभिन्न देशका पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहने छ । त्यस्तै अध्यक्ष लामाले सबै कार्यक्रमले नेपालको पर्यटन क्षेत्र र नेपाल पर्वतारोहण संघको गतिविधिको प्रचार प्रसारमा सहयोग पुर्याउने समेत बताउनुभयो ।