६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

एमसीसी पारित गर्नुपर्नेमा संसदमा सरकार र प्रतिपक्षको एकै स्वर

एमसीसी पारित गर्नुपर्नेमा संसदमा सरकार र प्रतिपक्षको एकै स्वर
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को चालू अधिवेशनबाटै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता पारित गर्नुपर्ने बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र एमसिसीका विषयमा विवाद उत्पन्न भइरहेका वेला प्रधानमन्त्री ओलीले संसद्मै सो कुरा उठाएका हुन् । नयाँ सभामुख निर्वाचित भएपछि मंगलबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले संसद्को चालू अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्नुपर्ने रहेको बताएका हुन् ।

विगतका ६/७ जना प्रधानमन्त्रीको पालामा अगाडि बढेको र अनुमोदनका लागि प्रतिक्षामा रहेको एमसीसी पारित गर्नुपर्ने उनले बताएका हुन् । ‘यतिवेला हाम्रा अगाडि थुप्रै विधेयक पारित गरेर ऐन निर्माण गर्नुपर्नेछ । प्रस्तावहरू पारित गर्नुपर्नेछ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले विभिन्न चरण पार गर्दै आएको र ६/७ प्रधानमन्त्रीका पालामा अगाडि बढेको अनुमोदनका लागि प्रतीक्षा गरेको एमसिसी पारित गर्नुपर्नेछ । जसको सम्बन्धमा म सविस्तार पछि भन्नेछु ।’ देश विकासको लागि गति बढाएर काम गर्नुपर्ने उल्लेख गरेका प्रधानमन्त्री ओलीले केही काममा विलम्ब भएको स्वीकार भने गरे ।

‘अलिकति विलम्ब भएको छ, सभामुख चयनका विषयमा पनि । अब हामीले विलम्व गर्नु हुँदैन । संसद्, सरकार सबैले तीव्र गतिमा हाम्रा काम अघि बढाउन जरुरी छ । नत्र हामी पछाडि पर्छौं’, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले नवनिर्वाचित सभामुख अग्नि सापकोटाले नियमसंगत तथा मर्यादित ढंगले संसद् चलाउन भूमिका खेल्ने अपेक्षा लिएको पनि सुनाए । उनले आफ्नो तर्फबाट सभा सञ्चालनमा पूर्ण सहयोग हुने वचनसमेत दिए ।

राजनीतिक आन्दोलनको चरण पार गरेर अहिलेको अवस्थामा आइपुगेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘देशलाई कसलाई अगाडि बढाउने सन्दर्भमा आजका प्राथमिकता के हुन्, आफ्ना काम र बिचारहरू केमा केन्द्रित हुनुपर्छ भन्ने कुरामा विचार गरेर अघि बढ्नुपर्छ भन्ने मैले देखेको छु । हाम्रो समाज पनि मेलमिलापयुक्त ढंगले अघि बढ्नेछ ।’ लोकतान्त्रिक तथा परिवर्तनकारी शक्तिहरू मिलेर अगाडि बढ्दा नै देशले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब पनि लोकतान्त्रिक तथा परिवर्तनकारी शक्ति मिलेर जानुको विकल्प नभएको बताए ।

‘आइडियोलोजिकल मतभेदमा अल्झेर सत्यभन्दा माथि अलमलिने कुरा राम्रो हुन्न । दुनियाँ तीव्र गतिमा अघि बढिरहेको छ । विकास, विज्ञान प्रविधि अनेक हिसाबले अघि बढेको छ । यसलाई पक्डिन सकेनौँ भने समयले हामीलाई पर्खने छैन । सबैलाई मेरो आग्रह छ, आज हामी यस गतिलाई समाउन सकौँ । विकासको यस गतिलाई समाउन सकौँ । त्यसको नेतृत्व अहिलेको सरकारले गर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘संविधानको कार्यान्वयन र त्यअनुसारको कानुन निर्माणमा सरकार प्रतिबद्ध छ ।

यतिवेला स–साना र अनावश्यक कुरामा अल्झिनु उपयुक्त हुँदैन ।’ प्रधानमन्त्री ओलीले आफूले केही दिनपछि संसद्को समय लिएर वर्तमान राजनीतिको अवस्था र चर्चामा रहेका विभिन्न विषय र सरकारले गर्ने कामका सन्दर्भमा विस्तारमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने पनि बताए ।

‘छिटो पारित गरौँ’

प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले एमसिसीको अनुदान सहयोग तत्काल संसद्बाट पारित गर्न सरकारसँग माग गरेका छन् । सभामुख सापकोटालाई बधाइ दिने क्रममा मंगलबार सभापति देउवाले विभिन्न शंका–उपशंका गर्न छाडेर एमसिसी पास गर्नेतिर लाग्नु पर्ने बताएका हुन् । देउवाले आफू प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् बैठकले एमसिसीको अनुदान स्वीकार गर्ने निर्णय गरेको स्मरण गराए । ‘म प्रधानमन्त्री हुँदा एमसिसी क्याबिनेटले पास गरेको हो । धेरै अगाडिदेखि सुरु भएको यो परियोजनाले नेपाललाई धेरै सहयोग मिलेको छ’, उनले भने, ‘कुनै हालतमा रोक्नु हुँदैन । छिटो पास गरौँ ।’ सभापति देउवाले एमसिसीलाई सरकारले संसद छिटो पारित गराउने भने पनि नभएको आपत्ति जनाए ।

‘सरकारले हुन्छ भनेको छ तर किन भइराखेको छैन’, उनले प्रसन गरे । अमेरिकी यति ठूलो सहयोग पहिलोपटक आउन लागेको भन्दै देउवाले यससँग सैनिकको विषय नजोडिएको प्रस्ट्याए । नेपालको बिजुली बेच्ने हो भने अमेरिकी सहयोग स्वीकार्नुको विकल्प नभएको देउवाको भनाइ थियो । सौर्य दैनिकबाट