४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

ओलीको दाबीः ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ

ओलीको दाबीः ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा बिजय हासिल गर्ने बताउनुभएको छ ।

कांग्रेस थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाताहरु पनि एमालेमै भोट हाल्ने मनस्थितिमा रहेको उल्लेख गर्दै उहाँले कुल खसेको मतको दुई तिहाई भन्दा बढि मत एमालेले बताउनु उहाँको भनाई छ ।

बुधबार झापाको कमल गाउँपालिकाका कार्यकर्ताहरुसँगको भेटमा उहाँले यहाँको विकास, रुपान्तरण, जनआधारका कारण सिंगो क्षेत्रनै एमालेको पक्षमा एक ढिक्का रहेको बताउनुभयो । त्यस क्रममा उहाँले अहिले राजनीतिलाई अपराधीकरण हुनबाट जोगाउने बेला आएको पनि बताउनुभयो ।

गत भदौमा भएको आन्दोलनमा राजनीतिक कार्य भन्दा बढि आपराधीक कार्यहरु भएको उल्लेख गर्दै त्यस बेला केहि व्यक्तिको आन्दोलनका क्रममा मृत्यु भएको भए पनि धेरै जसो आपराधीक कार्य गर्दा मृत्यु भएको उल्लेख गर्नुभयो ।

‘हामीले भने अनुसार चल्नु पर्छ भन्ने पनि आउलान, दबार देलान’ अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यस्तो दवाललार्ई स्विकार्ने कुरा आउँदैन ।’ काँग्रेस र एमाले मिल्न नदिने, देशमा विदेशीले केही गर्न नपाउने भए भनेर यि सव गराईएको उहाँको भनाई छ । अस्थिरताको खेती गर्नेहरुले यि सव काम गरेको भन्दै त्यस्ताबाट देशलाई जोगाउनु पर्ने अध्यक्ष ओलीले उल्लेख गर्नु भयो । ‘त्यो त आपराधीक घट्ना हो नि । नगरपालिका किन जलाएको, विजनेस कम्प्लेक्स किन जलाएको ?’ उहाँले भन्नुभयो, ‘दमक नमूना सहरको रुपमा विकास भई रहेको छ । त्यो भवनमा भ्यू टावरमा होइन आईटी हबको रुपमा विकास गर्न सकिन्थ्यो नि, यसरी देश जलाएर, जनता आतङ्कित पारेर पनि हुन्छ ?’

दमक, कमल, गौरादह, गौरीगञ्ज लगायतका क्षेत्रमा भएका विकास र प्रगती सवैका आँखा अघि छर्लङ् रहेको भन्दै उहाँले यो देश, यो क्षेत्रका लागि कुनै योगदान नगरेका व्यक्तिहरुबाट केहि हुन पनि नसक्ने दावि गर्नुभयो । यहाँको नदीकटान नियन्त्रण, बाँध निर्माण, पुल तथा सडक निर्माण, विद्यालय भवन, विद्युतीकरण, खानेपानी, स्वास्थ्य क्षेत्र हरेक क्षेत्रमा भएको विकासबारे कसैलाई बुझ्‌न बाँकि रहेछ भने बुझाउन पनि उहाँको आग्रह छ ।

दमकमा अपांगता भएकाहरुको सिक्री झिक्ने, अपमान गर्नेहरुबाट जोगाउँदै विकासका कामलाई थप तिव्रता दिन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । सुकुमबासी बस्तिमा डोजर चलाउनेहरुलाई भुमिहिन नागरिकलाई कसरी बसोबासको व्यवस्था मिलाउने थाह नहुने भन्दै विपन्न आवास कार्यक्रम, एकिकृत वस्ति विकास लगायतका योजनाबाट धेरैले घरबास पाएको पनि उहाँले स्मरण गराउनुभयो ।

रंगशाला बनाउन थाल्दा अरुले भाषण मात्र गरेर भाँडेको उल्लेख गर्दै अध्यक्ष ओलीले अब अन्तर्राष्ट्रिय स्तरको रंगशाला फागुनको चुनाव पछि बनाईने पनि बताउनुभयो । पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले यस क्षेत्रमा रहेका विभिन्न पालिकाका वडा स्तरमा रहेका मतदाता र कार्यकर्ताहरुलाई उनले अलग अलग भेट गरि रहेको एमालेले जनाएको छ ।