४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

‘कङ्क्रिट सडक दीर्घकालीन रूपमा भरपर्दो’

‘कङ्क्रिट सडक दीर्घकालीन रूपमा भरपर्दो’
अ+ अ-

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक निर्माणमा स्वदेशमा नै उत्पादन हुने सिमेन्टलाई प्रवर्धन गर्दै आयातित अलकत्राको प्रयोगलाई घटाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उहाँले भन्नुभयो, “ दिगो विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी कच्चा पदार्थको प्रयोग अपरिहार्य छ । अलकत्राको विस्थापन गर्नु भनेको सिमेन्ट उद्योगको प्रवर्धन मात्र नभई देशको समग्र व्यापार घाटा न्यूनीकरण गर्नु हो । ”

नेपाल सिमेन्ट उत्पादक सङ्घद्वारा आयोजित तथा आइपिटिएम नेपाल प्रालिको सहजीकरणमा मङ्गलबार यहाँ आयोजित सडक पूर्वाधारको दिगो विकासलाई लक्षित गर्दै सडकका लागि कठोर पक्कीकरणको डिजाइन तथा निर्माणसम्बन्धी एकदिने तालिमको शुभारम्भ गर्नुहँुदै उहाँले बागमती प्रदेश सरकार र सिमेन्ट उद्योगबीच सहकार्य गरी आगामी बजेटमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिने जानकारी दिनुभयो ।

सिमेन्टको अधिकतम खपतका लागि पनि कालोपत्रे सडकको सट्टा कङ्क्रिट ९ढलान० सडक निर्माणतर्फ जानुपर्ने उहाँको भनाइ थियो । नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष रघुनन्द मारुले हाल नेपालमा ९० प्रतिशतभन्दा बढी मालसामान तथा यात्रु ढुवानी सडक यातायातमार्फत हुँदै आएको अवस्थामा दिगो सडक पूर्वाधार विकास अत्यावश्यकता रहेको छ भन्नुभयो । कालोपत्रे सडकको तुलनामा प्रारम्भिक लागत केही बढी भए पनि कङ्क्रिट पक्कीकरण दीर्घकालीन रूपमा कम मर्मतसम्भार खर्च, उच्च टिकाउपन र विश्वसनीयता हुने उहाँले बताउनुभयो । उहाँका अनुसार नेपालमा बर्सेनि रु ११ अर्बभन्दा बढीको विटुमिन आयात हुने गर्दछ । यसलाई प्रतिस्थापना गर्न स्वदेशी सिमेन्ट मार्फत कङ्क्रिट सडक निर्माण आवश्यकता हुने जनाइएको छ ।

कार्यक्रममा कङ्क्रिट सडक प्रविधिको महत्व,डिजाइन अवधारणा, प्रकार, छनोटका आधार, डिजाइन सिद्धान्त, संरचनात्मक तत्व, जोइन्ट तथा रिइनफोर्समेन्टको भूमिका र निर्माण प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । यसबाट नीति निर्माण, योजना, डिजाइन, सुपरिवेक्षण तथा निर्माणमा संलग्न प्राविधिक जनशक्ति लाभान्वित भएका जनाइएको छ ।

कार्यक्रममा इन्जिनियर अर्जुनजङ्ग थापाले ‘कठोर पक्कीकरणको परिचय तथा नेपालमा यसको सान्दर्भिकता’ विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले नेपालको भौगोलिक बनावट, मौसमीय अवस्था, कमजोर सबग्रेड, बढ्दो सवारी चाप तथा भारी ढुवानीका कारण सडकको दिगोपनामा देखिएका चुनौतीहरू उल्लेख गर्दै कङ्क्रिट सडक दीर्घकालीन रूपमा भरपर्दो विकल्प भएको स्पष्ट पार्नुभयो । आइपिटिएम नेपालका कार्यकारी निर्देशक चुमनबाबु श्रेष्ठले तालिमको महत्वका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–२ का वडाध्यक्ष विष्णु गोपाल महर्जन, पूर्वाधार विकास योजना कार्यालय मकवानपुरका सुपरिटेन्डेन्ट इन्जिनियर दीपककुमार दास, नेपाल सिमेन्ट उत्पादक सङ्घका पूर्वअध्यक्ष ईश्वर थापालगायत विभिन्न निकायका प्रतिनिधि तथा प्रदेशका प्राविधिकहरूको उपस्थिति थियो । रासस