३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

चलचित्र ‘कुमारी’को आक्रामक प्रचार शैली: माघ १० गते भृकुटीमण्डपमा भव्य कन्सर्टसँगै ट्रेलर सार्वजनिक हुँदै, प्रवेश नि:शुल्क हुने

चलचित्र ‘कुमारी’को आक्रामक प्रचार शैली: माघ १० गते भृकुटीमण्डपमा भव्य कन्सर्टसँगै ट्रेलर सार्वजनिक हुँदै, प्रवेश नि:शुल्क हुने
अ+ अ-

काठमाडौं। माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित मध्ये एक प्रेम कथानक चलचित्र ‘कुमारी’ले आफ्नो प्रचार प्रसारलाई निकै आक्रामक र साङ्गीतिक बनाएको छ। देशका प्रमुख सहरहरूमा साङ्गीतिक माहौल सिर्जना गर्दै हिँडेको निर्माण टोलीले आगामी माघ १० गते शनिवार साँझ ५ बजेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा एक भव्य साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। सोही विशेष समारोहका बीच चलचित्रको बहु प्रतीक्षित अफिसियल ट्रेलर समेत सार्वजनिक गरिने तयारी गरिएको छ।

यसअघि माघ १ गते नेपालगन्जबाट सुरु भएको यो साङ्गीतिक यात्रा माघ ३ गते पोखराको लेकसाइड र माघ ६ गते चितवनको नारायणी तिरमा भव्य रूपमा सम्पन्न भइसकेको छ।

हजारौँ दर्शकको उत्साहजनक उपस्थिति रहेको यस यात्राले चलचित्रप्रति सर्वसाधारणको चासो ह्वात्तै बढाएको छ। पोखरा र चितवनको सफलतापछि सङ्घीय राजधानी छिर्न लागेको ‘कुमारी’ टोलीले भृकुटीमण्डपको कार्यक्रमलाई अझ विशेष बनाउने योजना बुनेको हो।

भृकुटीमण्डपमा आयोजना हुने कन्सर्टमा चलचित्रका पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ को मुख्य प्रस्तुति रहनेछ। साथै, लोकप्रिय महिला गायन समूह ‘इस्त्रीज’ले पनि आफ्नो गायकीमार्फत दर्शकलाई झुमाउनेछन्। चलचित्रका कार्यकारी निर्माता केदार भुसालले यो कन्सर्ट पूर्णतया नि:शुल्क रहने जानकारी दिए। उनले सर्वसाधारण दर्शकलाई चलचित्रका कलाकार र सङ्गीतसँग जोड्ने उद्देश्यले कुनै पनि प्रवेश शुल्क नराखिएको बताए।

ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरू अबिशेक खड्का र आकृति राजभण्डारीका साथै निर्देशन दिनेश राउत र चलचित्रको पुरै युनिट तथा अन्य सेलिब्रेटी, पत्रकार र सर्वसाधारणको ठुलो उपस्थिति रहने जनाइएको छ। निर्देशक दिनेश राउतले मोफसलमा देखिएको दर्शकको अभूतपूर्व माया र क्रेजले आफूलाई निकै उत्साहित र पुलकित बनाएको बताएका छन्।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित तथा विकास सुवेदीद्वारा लिखित यस चलचित्रको साङ्गीतिक यात्रा काठमाडौंपछि माघ १७ गते झापाको दमकमा पुगेर समापन हुनेछ। चलचित्रमा समावेश ‘डोको बुन्ने’ गीतले युट्युबमा मात्र करिब आधा करोड भ्युजको यात्रा तय गरिसकेको छ भने लाखौँ टिकटक तथा रिल्स बनेका छन्। यस चलचित्रका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ जस्ता गीतहरूले यसअघि नै चर्चा कमाइसकेकाले पनि माघ १० गते सार्वजनिक हुने ट्रेलरलाई लिएर दर्शकमाझ निकै उत्सुकता देखिएको छ।