४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

प्रतिनिधिसभा निर्वाचनः दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता

प्रतिनिधिसभा निर्वाचनः दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता
अ+ अ-

दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङका तीवटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उत्साहपूर्ण वातावरणमा मङ्गलबार मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार दाङ निर्वाचन क्षेत्र नं १ मा १४, क्षेत्र नं २ मा २३ र क्षेत्र नं ३ मा २५ गरी ६२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमा विभिन्न राजनीतिक दलका ४३ र स्वतन्त्र १९ गरी ६२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नं १ नेपाली कांग्रेसबाट योगेन्द्र चौधरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट रेवतीरमण शर्मा, नेपाली कम्युनिस्ट पार्टीबाट मेटमणी चौधरी, नेशनल रिपब्लिक नेपालबाट मीनबहादुर ठेडी मगर, मङ्गोल नेसनल अर्गनाइजेसनबाट खुमबहादुर गाहामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय बिसी, राष्ट्रिय परिवर्तन पार्टीबाट रञ्जित चौधरी, जनता समाजवादी पार्टीबाट भरतलाल चौधरी, राष्ट्रिय जनमोर्चाबाट गणेशप्रसाद आचार्य तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट प्रकाश शाही, स्वतन्त्रबाट कुलप्रसाद केसी र मणिराम यादव, रास्वपाबाट देवराज पाठकले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी, क्षेत्र नं २ बाट कांग्रेसका किरणकिशोर घिमिरे, एमालेबाट शङ्कर पाखरेल, नेपाली कम्युनिष्ट पार्टीबाट निर्मल आचार्य, राष्ट्रिय जनमोर्चाबाट मनिराम खनाल, नेपाल मजदुर किसान पार्टीबाट नवीनकुमार शाहीले उम्मेदवारीको दर्ता गराउनुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिपिनकुमार आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीबाट रवीन्द्र उच्च नेपाली, राप्रपा ऋषिकेश पोखरेल, आम जनता पार्टीबाट कृष्णबहादुर सुनार, जनता समाजवादी पार्टीबाट ढुन्डीराज थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रतीक अधिकारी, मितेरी पार्टीबाट रेखबहादुर पुनमगर, नागरिक उन्मुक्ति पार्टीबाट झरेन्द्रबहादुर खत्री, मङ्गोल नेसनल अर्गनाइजेसनबाट अम्मरबहादुर बुढा, नेसनल रिपब्लिक नेपालबाट जितन पुन तथा स्वतन्त्र उम्मेदवारका रूपमा धर्मराज शर्मा, विष्णुविक्रम सेनवली, लालबहादुर खत्री, विष्णुकुमारी भुसाल, पदमप्रसाद पाण्डे, कल्पना लामा, समीर वली र बालाराम पौडेलले मनोनयन दर्ता गराउनुभएको हो ।

त्यस्तै, क्षेत्र नं ३ मा कांग्रेसका दीपक गिरी, एमालेबाट घनश्याम पाण्डेय, नेकपाका धनबहादुर मास्की, रास्वपाबाट कमल सुवेदी, राप्रपाबाट दामोदर भण्डारी, राष्ट्रिय जनमोर्चाबाट कमला जिसी, मङ्गोल नेसनलबाट घनश्याम चौधरी, मितेरी पार्टी नेपालबाट सन्तोष सिंह, जनता समाजवादी पार्टीबाट शोभा डाँगी, आम जनता पार्टीबाट पाण्डवी नेपाली रहनुभएको छ ।

त्यसैगरी, नेसनल रिपब्लिकबाट प्रितम चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट घनश्याम डाँगी, संयुक्त नागरिक पार्टीबाट दरवीर कामी, श्रमसंस्कृति पार्टीबाट टोपबहादुर महतरा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट बलबहादुर ओली, नागरिक उन्मुक्ति पार्टीबाट महेश चौधरी रहनुभएको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवारमा भागिराम चौधरी, गोपाल वली, सुरेश नेपाली, प्रेमबहादुर वली, महेश डाँगी, यमबहादुर बस्नेत, भरत परियार, इन्द्रबहादुर बस्तेत र सप्रिक कँडेल रहनुभएको सहायक निर्वाचन अधिकृत टीका केसीले जानकारी दिनुभयो ।