३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाको तेल आपूर्ति र वितरणमा नियन्त्रण बढाउने प्रयासअन्तर्गत अमेरिकी सेनाले भेनेजुएलासँग सम्बन्धित सातौँ प्रतिबन्धित तेल ट्याङ्कर आफ्नो नियन्त्रणमा लिएको छ ।

अमेरिकी दक्षिणी कमाण्डका अनुसार ‘एमभी साजिट्टा’ नामक उक्त तेल ट्याङ्करलाई कुनै अप्रिय घटना बिना नियन्त्रणमा लिइएको हो । सो ट्याङ्कर क्यारेबियन क्षेत्रमा प्रतिबन्धित जहाजहरूमाथि लागू गरिएको अमेरिकी ‘क्वारेन्टाइन’ को उल्लङ्घन गर्दै सञ्चालन भइरहेको जनाइएको छ ।

लाइबेरियामा दर्ता भएको उक्त ट्याङ्कर हङकङस्थित कम्पनीको स्वामित्व तथा व्यवस्थापनमा रहेको बताइएको छ । यस जहाजले पछिल्लो पटक दुई महिनाभन्दा बढी समयअघि युरोपको बाल्टिक सागर क्षेत्र छाड्दा आफ्नो स्थान प्रसारण गरेको थियो । अमेरिकी अधिकारीहरूका अनुसार ट्याङ्करले भेनेजुएलाबाट तेल लिएको पुष्टि भएको छ ।

अमेरिकी अर्थ मन्त्रालयले सन् २०२२ मा युक्रेनमाथि रुसको आक्रमणसँग सम्बन्धित कार्यकारी आदेश अन्तर्गत उक्त ट्याङ्करमाथि प्रतिबन्ध लगाएको थियो ।

दक्षिणी कमाण्डले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ,“यो कदमले भेनेजुएलाबाट बाहिरिने तेल अन्तर्राष्ट्रिय नियम र कानुनअनुसार मात्र हुनुपर्ने हाम्रो प्रतिबद्धता देखाउँछ ।”

भेनेजुएलाको तेल उद्योग पुनर्निर्माणको प्रयास
यसअघि जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो पदबाट हटाइएपछि ट्रम्प प्रशासनले भेनेजुएलाको तेल उत्पादन, प्रशोधन तथा अन्तर्राष्ट्रिय वितरणमा सक्रिय भूमिका निर्वाह गर्ने नीति अघि सारेको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार तेल ट्याङ्करहरू नियन्त्रणमा लिएर प्राप्त हुने आम्दानी भेनेजुएलाको कमजोर अर्थतन्त्र र तेल उद्योग पुनःनिर्माणमा प्रयोग गर्ने लक्ष्य राखिएको छ ।

राष्ट्रपति ट्रम्पले हालै तेल कम्पनीका प्रमुखहरूसँग भेट गरी भेनेजुएलाको तेल क्षेत्रमा करिब १०० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरेका थिए ।

उहाँले अमेरिका कम्तीमा तीन करोडदेखि पाँच करोड ब्यारेल भेनेजुएलाली तेल बिक्री गर्ने तयारीमा रहेको बताउनुभयो ।

मङ्गलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले हालसम्म पाँच करोड ब्यारेल तेल भेनेजुएलाबाट बाहिर लगिसकेको दाबी गर्नुभयो । “हामीसँग अझै ठूलो परिमाणमा तेल बाँकी छ, जसलाई खुला बजारमा बिक्री गरिँदैछ,” उहाँले भन्नुभयो ।

यसअघिका ट्याङ्कर नियन्त्रण
पहिलो तेल ट्याङ्कर डिसेम्बर १० मा भेनेजुएलाको तट नजिकै नियन्त्रणमा लिइएको थियो । त्यसपछि अधिकांश ट्याङ्करहरू भेनेजुएलाको आसपासका समुद्री क्षेत्रमा नियन्त्रणमा लिइएका छन् । बेला एक नामक ट्याङ्कर भने उत्तर अटलान्टिक क्षेत्रमा नियन्त्रणमा लिइएको थियो ।

विश्लेषकहरूका अनुसार अमेरिकाको यस कदमले भेनेजुएलाको तेल व्यापार, अन्तर्राष्ट्रिय ऊर्जा बजार तथा क्षेत्रीय राजनीतिक समीकरणमा दीर्घकालीन प्रभाव पार्न सक्ने देखिन्छ ।