१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा २३ जनाको उम्मेदवारी दर्ता



अ+ अ-

बागलुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका दुई  निर्वाचन क्षेत्रमा २३ जनाको उम्मेदवारी दर्ता भएको छ । बागलुङ क्षेत्र नम्बर १ मा ११ जना र २ मा १२ जनाको उम्मेदवारी दर्ता भएको हो ।

क्षेत्र नम्बर १ को जिल्ला समन्वय समिति बागलुङको भवन र क्षेत्र नम्बर २ को नयाँ सहर आयोजनाको कार्यालय बुर्तिवाङमा उम्मेदवारी दर्ता भएको हो । क्षेत्र नम्बर १ का सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माका अनुसार नेपाल मानवतावादी पार्टीबाट भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कल्याण आचार्य, मङ्गोल नेशनल अर्गनाइजेशनकी गुमाकुमारी बुढा रानामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्का र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का हिराबहादुर केसीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाली कांग्रेसका भीमबहादुर श्रीस राना, नेशनल रिपब्लिक नेपालका सहविर थापा, राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का टेकबहादुर केसीले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत शर्माले बताउनुभयो । सो क्षेत्रमा ४८ मतदानस्थलको ११५ मतदान केन्द्रमा ९८ हजार आठ सय ४६ मतदाता रहेका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट टेकराज पौडेल, नेकपा (एमाले)बाट मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिष्ट पार्टीबाट ज्ञामनाथ गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अञ्चल शाही, मङ्गोल नेशनल अर्गनाइजेशनबाट जुनबहादुर थापा, मानवतावादी पार्टीबाट टेकप्रसाद कामी, नेशनल रिपब्लिक पार्टीबाट नरबहादुर बुढा र प्रगतिशील लोकतान्त्रिकबाट पदमबहादुर कुँवरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

जसपाबाट पूर्णबहादुर घर्तीमगर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट लोकेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम शर्मा र श्रम संस्कृति पार्टीबाट हर्कबहादुर पुनले उम्मेदवारी दर्ता गराएको क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिनुभयो । यस क्षेत्रमा ५९ मतदानस्थलको ११५ मतदान केन्द्रमा ९५ हजार ३३५  मतदाता रहेका छन् ।