१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारको मनोनयन



अ+ अ-

ओखलढुङ्गा। ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेवारले मनोनयन दर्ता गरेका छन् । उनीहरुले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाल मजदुर किसान पार्टीबाट सविना प्रजापति, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विश्वराज पोखरेल, मङ्गोल नेश्नल अर्गनाइजेशनबाट बजेन्द्र राई, नेकपा (एमाले)बाट अस्मिता थापा, राष्ट्रिय जनमोर्चा पार्टीबाट शेरबहादुर खत्री, उज्यालो नेपाल पार्टीबाट किशोरी कार्की, श्रम संस्कृति पार्टीबाट उद्धवकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डिकप्रसाद बाँस्तोला, नेपाली कांग्रेसबाट कुमार लुइँटेल, जनता समजावादी पार्टी (संयुक्त)बाट नेत्रबहादुर नेम्वाङ, नेपाली कम्युनिष्ट पार्टीबाट अम्बिरबाबु गुरुङ, समावेशी समाजवादी पार्टीबाट पिङ्की राई (बेगुराम राई) र मितेरी पार्टी नेपालबाट कुमार बहादुरले मनोनयन दर्ता गरेका हुन् ।

यस्तै मोलुङ–२ का विक्रम दाहाल, मानेभन्ज्याङ–४ का सन्तबहादुर तामाङ र मानेभन्ज्याङ–४ कै नारायणकाजी तामाङले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । रासस




भर्खरै