काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले यो सरकार भारतसँग लिम्पियाधुरा हाम्रो हो भन्न सक्ने पहिलो सरकार भएको बताएका छन् । बुधबार नेकपाको केन्द्रीय कमिटीको पूर्ण बैठकमा उनले सो कुरा उल्लेख गरेका हुन् ।
भारतसँग सीमा विवादका लागि भारत सरकारलाई पत्राचार गरेर यो सरकारले ऐतिहासिक काम गरेको र कूटनीतिक पहलमार्फत विवाद समाधान गरिने प्रधानमन्त्री ओलीले बताए ।
भारत सरकारले २०१९ नोभेम्बरको पहिलो सातामा जारी गरेको राजनीतिक नक्सामा लिम्पियाधुरा, कालापानी समावेश गरिएको थियो।
उक्त नक्साले सुगौली सन्धीको धारा ५ को विरूद्धमा रहेको र नेपाल सरकारको असहमति रहेको हुँदा तुरुन्तै सच्याउन आग्रह समेत गरेको उनले बताए।