६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही १ मा बाबुको बिरासत जोगाउलान् प्रज्वलले ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही-१ बाट प्रज्वल बोहरालाई उम्मेदवार बनाएको छ । राप्रपाको क्षेत्रीय समितिको बैठकले बोहरासहित , गौरव बोहरा र माया रोका नाम सिफारिस गरेको भएपनि बाबुको बिडो थाप्ने जिम्मा प्रज्वलको काधमा आएको छ ।

प्रज्वल र गौरब दाजुभाइ हुन्। दुवै जना पूर्वमन्त्री दीपक बोहराका छोरा हुन्। गत निर्वाचनमा यो क्षेत्रबाट दीपक बोहरा निर्वाचित भएका थिए। दीपक बोहराको निधन भएपछि उपनिर्वाचन तोकिएको थियो। तर, गत भदौ २३ र २४ को आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएसँगै उपनिर्वाचन पनि रोकिएको हो।

दीपक बोहरा पञ्चायतदेखि गणतन्त्रसम्म रूपन्देहीले पत्याएका नेताका रहनु भएको थियो । आईटी इन्जिनियर समेत रहेका प्रज्वल पछिल्लो समय राजनीतिमा सक्रिय हुनु भएको हो ।

स्व दिपक बोहोरा २०३६र२०४२ सालमा रुपन्देही जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यका रूपमा निर्वाचित हुनु भएको थियो । यसैगरी २०७० सालको दोस्रो संविधानसभा चुनावमा रुपन्देही क्षेत्र नं। २ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।