८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको महाधिवेशन चैत २५ देखि ३० गतेसम्म !



अ+ अ-

काठमाडौं । बुधबारदेखि सुरू भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले महाधिवेशन अर्को वर्ष चैत मसान्तमा गर्ने प्रस्ताव गरिएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमा महाधिवेशन ०७७ चैत २५ गतेदेखि ३० गतेसम्म गर्ने प्रस्ताव गरेका हुन्।

अध्यक्ष दाहालले बैठकमा उक्त प्रतिवेदन पेश गरेका हुन् भने केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि धारणा राख्नेछन्। प्रतिवेदनमा ‘०७७ भदौदेखि मंसिरसम्म स्थानीय तहका अधिवेशन सम्पन्न गर्ने’ उल्लेख छ।

यस्तै चैत मसान्तमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ।