१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते



अ+ अ-

स्याङ्जा। स्याङ्जामा आज दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

वालिङ–चापाकोट पक्की सडकखण्डअन्तर्गत वालिङ–७ धोडेपानीमा लु३त ५१७३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा वालिङ–७ केवरेका ६५ वर्षीय डोलराज कोइराला र कैलालीको टीकापुर–७ का ३५ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।

ट्र्याक्टर दुर्घटनामा परी घाइते भएका सबैलाई वालिङस्थित गर्हौं प्राथमिक अस्पताल पठाइएकोमा चिकित्सकले अपराह्न ४ः०० बजे मृत घोषणा गरेका थिए ।

ट्र्याक्टर दुर्घटनामा परी घाइते हुनेमा ट्र्याक्टर चालक पश्चिम नवलपरासी सरल गाउँपालिका–१ अनन्दनगर बस्ने २८ वर्षीय लालबहादुर सुनार, कैलालीको लम्की नगरपालिका–५ पाँचचौर बस्ने २२ वर्षीय श्याम चौधरी, लम्की नगरपालिकाकै ३९ वर्षीय लक्ष्मण चौधरी र दाङको राप्ती गाउँपालिका–५ बस्ने ३५ वर्षीय हुकुमबहादुर दर्लामी घाइते भएका सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो । घाइते भएका चार जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

वालिङबाट ढुङ्गा लिएर चापाकोटतर्फ जाँदै गरेको उक्त ट्र्याक्टर अनियन्त्रित भई सडकबाट झण्डै १० मिटर तल खोल्सामा खसेको हो ।रासस




भर्खरै