११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई जिउँदो छोडेर तिमीहरुले एउटा गुण लगाएका छौ, म सबैको गुण तिर्छुः रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देश निर्वाचनमय बनेको अवस्थामा आफू भने पूर्ण रूपमा उत्साहित हुन नसकेको बताएका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले एकै दिन पर्सा, काठमाडौँ र रूपन्देहीका अदालतमा आफ्ना मुद्दाको सुनुवाइ चलिरहेको उल्लेख गरेका छन्।

पर्सा जिल्ला अदालतबाट भर्खरै निस्किएको र अन्य अदालतका आदेश आउन बाँकी रहेको जनाउँदैलामिछानेले चितवन–२ मा शुभेच्छुकहरू बाटो कुरिरहेको भन्दै सम्भव भएसम्म आफैँ मनोनयन दर्ताका लागि उपस्थित हुने प्रयासमा रहेको बताए।

उनले आफूमाथि अन्याय र अत्याचार भएको दाबी गर्दै त्यसको हिसाब नेपाली जनताले फागुन २१ गते घण्टी बजाएर दिने उल्लेख गरेका छन्। उनले भनेका छन्– ‘म माथि गरेको पाप र अत्याचारको हिसाव किताब नेपाली जनताले फागुन २१ मा घण्टी बजाएर दिनेछन् ।देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर म माथि गरेको अत्याचारका कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ । नभएको प्रमाण छ भन्ने, पापी हौ तिमीहरू ।’

उनले आफूमाथि प्रमाणबिनै मुद्दा थोपरेको आरोप लगाउँदै त्यसको मूल्यांकन इतिहासले गर्ने दाबी गरेका छन्। लामिछानेले आफू अभिमन्यु नभएको उल्लेख गर्दै प्रतिशोध बिना नै सबैको “गुण तिर्ने” अभिव्यक्ति समेत दिए।

उनले लेखेका छन्–
देश निर्वाचनमय छ । देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ । तर बिडम्बना, यो उत्साहमा म पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन । किनकी आजै देशका तीनवटा (पर्सा, काठमाण्डौ र रूपन्देही) अदालतमा मेरो मुद्दाको सुनुवाई चलिरहेको छ । अरू अदालतको आदेश आउदै होला ।

पर्सा जिल्ला अदालतबाट म भर्खर निस्किएको छु । चितवन-२ मा मेरा शुभचिन्तक बाटो कुरीरहेका छन्, भ्याएसम्म मनोनयनका लागि आफै उपस्थित हुने प्रयासमा छु। नसकेको खण्डमा वारेस मार्फत मनोनयन दर्ता हुनेछ।

म माथी गरेको पाप र अत्याचारको हिसाव किताब नेपाली जनताले फागुन २१ मा घण्टी बजाएर दिनेछन् ।देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर म माथि गरेको अत्याचारका कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ । नभएको प्रमाण छ भन्ने, पापी हौ तिमीहरू ।

सहकारीको बाटै नहिडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू । मलाई जिउँदो छोडेर तिमीहरुले एउटा गुण लगाएका छौँ। म तिमीहरू सबैको गुण तिर्छु, चाँडै तिर्छु,बिना प्रतिशोध तिर्छु।
फेरि पनि भन्छु म अभिमन्यु होइन।