६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

प्रहरी समायोजन विधेयक पारित, के के छन् विधेयकमा ?

प्रहरी समायोजन विधेयक पारित, के के छन् विधेयकमा ?
अ+ अ-

काठमाडौं । प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदबाट प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको छ । गत असोज १ मा प्रतिनिधिसभाबाट पारित विधेयक सभामुख चयनसँगै हस्ताक्षर भएर बुधबार मात्रै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको हो । संघीय संसदले प्रमाणीकरणका लागि पठाएको सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै केन्द्र र प्रदेशमा रहने प्रहरी संख्याबारे समेत टुंगो लाग्ने छ । यसअघि असोजमा नै पारित भएर पनि सभामुख नहुँदा विधेयक अघि बढ्न सकेको थिएन ।

विधेयकमा प्रदेश प्रहरी प्रमुख संघीय सरकार मातहत रहने गरी व्यवस्था गरिएको छ । अन्य सबै प्रहरीहरुको भने सरुवा बढुवा प्रदेश सरकार मातहत नै हुने उल्लेख छ । प्रत्येक प्रदेशमा खटिने प्रहरीलाई प्रदेश सभाले बनाउने कानुनबमोजिम प्रदेशको सम्वन्धित अधिकारीले प्रदेशभित्र सरुवा गर्नेछन् । गृह मन्त्रालयले भने विधेयक छलफलकै क्रममा रहँदादेखि नै प्रदेश प्रहरी प्रमुखसहित एसएसपी, एसपी र डीएसपीसम्म केन्द्र मातहत नै राखिनु पर्ने बताउँदै आएको छ । विधेयकमा प्रदेशको प्रहरी समायोजन गर्ने विषयमा समिति बनाइने उल्लेख छ ।

स्रोतका अनुसार कूल ७७ हजार ९ सय २७ स्वीकृत दरबन्दी रहेको नेपाल प्रहरीमा केन्द्र मातहत २५ देखि ३० हजार प्रहरी राखेर बाँकीलाई प्रदेश मातहत पठाउने विषयमा छलफल सुरु भएको छ । प्रदेश मातहत पठाइने प्रहरीले भने प्रदेश सरकारको मातहतबाटै काम गर्नेछन् । तर प्रदेश प्रहरी प्रमुखमा रहने डिआइजी केन्द्र मातहत रहनेछन । यसरी समायोजन गर्दा विधेयकले नै विभिन्न विषयलाई आधार तोकेको छ । जसअनुसार उमेरको ज्येष्ठताको आधारमा प्रदेश अन्तर्गत समायोजन गरिने तथा हालको स्थायी ठेगाना भएको प्रदेश अनुसार नै खटाइने उल्लेख छ ।

यसरी समायोजन भएको प्रहरी कर्मचारी १५ दिन भित्र खटाइएको प्रदेशमा हाजिर हुनु पर्नेछ । प्रहरी कर्मचारी समायोजन सम्वन्धमा समन्वय, अनुगमन गर्ने र निर्देशन दिन गृहमन्त्रीको संयोजकत्वमा समन्वय समिति बनाइने छ । सो समितिमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव तथा गृह र कानुन मन्त्रालयका सचिव सदस्य रहनेछन । यस्तै प्रहरी महानिरीक्षक भने समितिको सदस्य सचिव रहनेछन् ।

प्रहरीलाई प्रदेशमा समायोजन गर्ने सम्वन्धमा बनेको विधेयक २९ फागुन २०७५ मा संसदमा दर्ता भएको थियो भने ६ जेठ २०७६ मा प्रतिनिधि सभामा प्रस्तुत भएको थियो । यस्तै ८ जेठ २०७६मा संसदमा सामान्य छलफल पछि संसदको राज्य व्यवस्था समितिमा गएको थियो । समितिमा गत १३ जेठमा भएको छलफल पछि गत २० साउनमा समितिले प्रतिवेदन सहित प्रतिनिधि सभामा पेश गरेको थियो भने त्यस लगत्तै २६ साउनमा पारित भएको विधेयक पुनः सोही दिन राष्ट्रिय सभामा पठाइएको थियो ।

राष्ट्रिय सभाले भने विधेयकमा केही संशोधन गरेर गत २५ भदौमा प्रतिनिधि सभामा फिर्ता पठाएको थियो भने त्यसपछि प्रतिनिधि सभाले पहिले पारित भइसकेको विधेयकलाई पुनः १ असोजमा पारित गरेको थियो । राजधानी दैनिकबाट