६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

१ हजार मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिँदै, बढी भएको विद्युत् भारतलाई

१ हजार मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिँदै, बढी भएको विद्युत् भारतलाई
अ+ अ-

काठमाडौं। चालू आर्थिक वर्षभित्र १ हजार ४ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । यो वर्ष विभिन्न ५० वटा आयोजना केन्द्रीय प्रसारण लाइनमा थपिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यी आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिँदा हालको मागभन्दा बढी विद्युत् उत्पादन हुने भएपछि प्राधिकरणले विद्युत् बेच्ने तयारीसमेत गर्न लागेको हो । निर्माणाधीन ५० वटा आयोजना यसै वर्ष सम्पन्न हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताएका छन् ।

उनले भने, ‘यो वर्ष १ हजार मेगावाटभन्दा बढी विद्युत् केन्द्रीय प्रणालीमा जोडिँदै छ ।’ ‘हामीले सबै ठाउँमा प्रसारण लाइन निर्माण गरी सकेका छैनौं, यो अवस्थामा विद्युत् उत्पादनसँगै चुनौती पनि थपिएको छ । त्यसकारण हामीले वैकल्पिक प्रसारणको प्रयोग गर्नुपर्ने देखिन्छ । यो विद्युत् प्रसारण लाइनमा जोडिँदा हालको मागलाई धान्न सक्ने देखिन्छ’, प्रवक्ता अधिकारीले बताए ।प्राधिकरणका अनुसार हाल नेपालको पिक समयको विद्युत् माग १ हजार १६८ मेगावाट रहेको छ । जसमध्ये प्राधिकरणबाट ४८१ मेगावाट विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ । निजी क्षेत्रबाट ३२० मेगावाट र भारतबाट ३६७ मेगावाट आयात गरेर विद्युत् आपूर्ति गरिँदै आएको छ ।

यो तथ्यांकलाई आधार मान्ने हो भने हाम्रो हाल जम्मा उत्पादन ८०१ मेगावाट रहेको छ । चालू आर्थिक वर्षमा १ हजार ४ मेगावाट केन्द्रीय प्रणालीमा जोडिने हो भने जम्मा उत्पादन १८ सय ५ मेगावाट हुन जान्छ, जुन हाम्रो मागभन्दा करिब ६ सय ३५ मेगावाटभन्दा बढी हुन जान्छ । त्यसकारण प्राधिकरणलाई विद्युत् व्यापारको बाटो खुलेको हो । उत्पादित विद्युत् बढी भएको खण्डमा प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनमार्फत भारतमा बेच्ने तयारी गरेको छ । यसका लागि प्राधिकरणले भारतको विद्युत् व्यापार निगमसँग विद्युत् खरिद सम्झौता ९पीपीए० गरिसकेको बताइएको छ ।

विद्युत् खरिदका लागि भारतको ऊर्जा मन्त्रालयले कार्यविधि तयार गरिरहेको प्राधिकरणले जनाएको छ । कार्यविधि आउनासाथ हामीलाई बढी भएको विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनमार्फत बिक्री गर्न बाटो खुला हुनेछ । विद्युत् कारोबार गर्दा अनलाइनमार्फत मूल्यस्तर निर्धारण हुनेछ । यस्तो मूल्य हरेक १५/१५ मिनेटमा निर्धारण हुने प्राधिकरणले जनाएको छ । अनलाइनले २४ घण्टामा ९६ वटा मूल्य निर्धारण गर्ने प्राधिकरणको भनाइ छ । विद्युत् व्यापारकै लागि प्राधिकरणले ४ सय केभी क्षमताको ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइन निर्माण गरिरहेको छ ।

यो प्रसारण लाइनले १ हजार मेगावाट विद्युत् धान्न सक्ने प्राधिकरणको दाबी छ । उक्त प्रसारण लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको र अबको १ महिनामा निर्माण सम्पन्न हुने प्राधिकरणले जनाएको छ । यसको निर्माण प्रक्रियासँगै भारतमा विद्युत् व्यापारमा सहजता आउने प्राधिकरणको दाबी छ । चालू आर्थिक वर्षमा केन्द्रीय प्रसारण लाइनमा सय मेगावाटभन्दा ठूला २ आयोजना, २० मेगावाटभन्दा ठूला ९ वटा आयोजना, १० मेगावाटभन्दा ठूला ५ वटा आयोजना र १० मेगावाटभन्दा साना ३४ वटा आयोजना थपिने प्राधिकरणले जनाएको छ । तीमध्ये ३५.५ मेगावाटका ८ वटा सौर्य विद्युत् आयोजना रहेका छन् ।

ठूला आयोजनाका रूपमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी र १११ मेगावाटको रसुवागडी जलविद्युत् आयोजनासमेत यसै वर्ष केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । पछिल्लो ५ महिनामा ९साउनदेखि मंसिरसम्म० ७ वटा जलविद्युत् अयोजना केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् । माउन्टेन हाइड्रो नेपाल, पशुपति इन्भाइरोमेन्टल पावर, बैराङ हाइड्रोपावर, युनाइटेड आईडी मार्दी एन्ड आरबी हाइड्रो, अपी पावर, अरुण काबेली र रंगुन खोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् । राजधानी दैनिकबाट