११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमकका मेयरले पोखे केपी ओलीसँग दुखेसोः जसले मेरो घर जलाए उनीहरुले नै बालेनलाई घर भाडामा लगाएका छन्



अ+ अ-

दमक । दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भदौ २४ गते जलेको आफ्नो घर देखाउनु भएको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गराउन झापा पुगेका ओलीलाई थापाले आज आफ्नै जलेको निवासस्थलमा लगेर घटना बारे जानकारी गराउनुभएको हो। जलेको घर देखाउँदै थापाले भन्नुभयो, ‘जसले मेरो घर जलाए, उही अहिले आफ्नो घर बालेनलाई कार्यालय राख्न दिएका छन्।’

यसप्रति एमाले अध्यक्ष ओलीले जवाफ दिनुहुँदै भन्नुभयो, ‘यिनीहरू एउटै खालका हुन्।’

झापा–५ बाट प्रतिनिधि सभा निर्वाचन लड्न बालेन पनि दमक पुग्नु भएको छ। उहाँले निर्वाचन प्रचारका लागि दमकमा घर भाडामा लिनु भएको छ ।