१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेकरी कल्चर झल्काउन बेक फेष्ट इभेन्ट काठमाडौंमा सुरु (फोटोफिचर)



अ+ अ-

ललितपुर । केकको संस्कृति झल्काउन भन्दै ललितपुरस्थित लबिम मलमा बेक फेष्ट सुरु भएको छ । विभिन्न १५ वटाभन्दा बढी बेकरी शपहरुले संयुक्त रुपमा लबिम मलमा बुधवारदेखि बेक फेष्ट काठमाडौं सुरु गरेका हुन् । 

केक र बेकरीको संस्कृति झल्काउनको लागि सो इभेन्टको आयोजना गरिएको आयोजक दिपा भुसालले बताउनुभयो । शहरीया जीवन शैलीमा अभिन्न रुपमा रहेको केक संस्कृती बिस्तारै गाँउ पसिरहेको छ । हरेक उत्शवमा अनिवार्य बन्दै गएको केकको मेला नेपालमा भने पहिलो पटक आयोजना गरिएको हो । आजबाट सुरु फेष्टिभलमा केक र बेकरीको नयाँ नयाँ प्रोडक्ट समावेश रहेको आयोजक भुषालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘केकको कल्चर, बेकरीको कल्चर कस्तो छ अहिले नेपालमा सबै बेकरीको आफ्नै प्रकारको शैली छ । सबै बेकरीमा के फरक छ र हरेक बेकरीबाट मानिसहरुले के–के बुझ्नुपर्छ भन्ने झल्काउन खोजेको हो ।’ बुधवारदेखि सुरु भएको इभेन्ट तीन दिनसम्म सञ्चालन हुने भएको छ ।