४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

विकास, सुशासन र राष्ट्रिय हितको पक्षमा उभिन मतदातासँग महेश बस्नेतको आग्रह

विकास, सुशासन र राष्ट्रिय हितको पक्षमा उभिन मतदातासँग महेश बस्नेतको आग्रह
file photo
अ+ अ-

भक्तपुर, माघ ६ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले आज मनोनयन दर्ता हुँदै गरेको प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने घोषणा गर्दै विकास, सुशासन र राष्ट्रिय हितको पक्षमा उभिन मतदातासँग आग्रह गर्नुभएको छ।

महेश बस्नेतले जारी गर्नुभएको आह्वानमा यो निर्वाचन विकास र समृद्धिसँगै अराजक प्रवृत्तिविरुद्धको स्पष्ट राजनीतिक छनोट भएको उल्लेख गर्नुभएको छ। उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अघि सार्नुभएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानले देश विकासको स्पष्ट मार्गचित्र दिएको बताउँदै भक्तपुरमा त्यसलाई अझ व्यापक रूपमा कार्यान्वयन गरिँदै आएको दाबी गर्नुभएको छ।

‘यसपटकको निर्वाचनको प्रमुख मुद्दा सिंहदरबार, सर्वोच्च अदालत, संसद् र देश नै जलाउने अराजक प्रवृत्तिविरुद्ध उभिनु हो,’ उहाँले उल्लेख गर्नुभएको छ। उहाँका अनुसार देशको पुनर्निर्माण, राष्ट्रिय हितको संरक्षण र राजनीतिक स्थिरताका लागि आज पनि एमाले र अध्यक्ष ओलीको नेतृत्व अपरिहार्य छ।

बस्नेतले अराजकता र आपराधिक तत्त्वहरू राजनीतिमा हाबी हुँदै पपुलिस्ट प्रवृत्ति मौलाइरहेको वर्तमान अवस्थामा लोकतन्त्र, विधिको शासन र संविधानको रक्षा गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ। साथै उहाँले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता भएको धारणा राख्नुभएको छ।

उहाँले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू महेश बस्नेतसहित नेकपा (एमाले) लाई मतदान गरी बहुमत दिलाउन भक्तपुरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा अनुरोध गर्नुभएको छ। उहाँले राष्ट्रवादी र विकासवादी नेता केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री बनाउन मतदाताको समर्थन आवश्यक रहेको बताउनुभएको छ।