९ श्रावण २०८३, शनिबार
,
Latest
भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको सन्देशः आजको दिन नेपाली जनताका लागि ‘विशेष दिन’



फाइल फोटो
अ+ अ-

काठमाडौं, माघ ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको दिनलाई नेपाली जनताका लागि ‘विशेष दिन’ को रूपमा व्याख्या गर्दै आशा, भरोसा र भविष्य निर्माणको सन्देश दिनुभएको छ।

अध्यक्ष ओलीले शुभ विहानी सन्देशमार्फत हराएका र भत्किएका सपनाहरूलाई पुनः जागृत गर्दै सुन्दर भविष्य निर्माणको ‘रोपाइँ’ आजबाट सुरु भएको बताउनुभएको हो। उहाँले नेपाली जनताको सामूहिक प्रयास र विश्वासका कारण अन्ततः नेपालीले जित्ने र नेपालले जित्ने दृढ विश्वास व्यक्त गर्नुभएको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचानको लागि आज प्रत्यक्ष तर्फ देश भरका १ सय ६५ निर्वाचन क्षेत्रमा नै मनोनयन दर्ता हुँदै छ । सोही सन्दर्भमा ओलीको यो सन्देश आएको हो । ‘हामीलाई पूरा विश्वास छ(हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ,’ अध्यक्ष ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ।

उहाँले विगतमा जलेका सपनाहरूलाई पुनः जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउने संकल्प व्यक्त गर्नुभएको छ। अध्यक्ष ओलीले देशको भविष्य निर्माणको यात्रामा सबै नेपाली एकजुट भएर अगाडि बढ्न आह्वान गर्दै राष्ट्रिय एकता र सामूहिक प्रयासको आवश्यकता औंल्याउनुभएको छ। उहाँले सन्देशमा ‘हामी नेपाली सबैको जय होस्’ भन्दै आशावाद र आत्मविश्वास प्रकट गर्नुभएको छ।