१९ भाद्र २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार



अ+ अ-

कर्णाली। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज ऊर्जा पसलमा भएको आगलागीमा परी निस्सासिएकी एक वृद्धा महिलाको उद्धार गरिएको छ ।

सोमबार साँझ आगलागीले जलिरहेको घरबाट ७० वर्षीया तुलसी भुसालको उद्धार गरिएको हो ।

नेपाली सेनाका उपसेनानी मनोज कुँवर र नेपाल प्रहरीका प्रहरी निरीक्षक राजन भट्टराईको टोलीले भवनको भित्ता फोडेर चौथो तलाबाट बेहोस अवस्थामा रहेकी वृद्धाको उद्धार गरेको राजदल गण विमानस्थल सुर्खेतका प्रमुख सेनानी भद्रबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँले उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको जनाउँदै अहिले अवस्थामा सामान्य रहेको बताउनुभयो । प्रमुख सेनानी सिंहले बिजुलीको काम गर्ने क्रममा विद्युत् ‘सर्ट’ भएर आगो लागेको उल्लेख गर्नुभयो ।

पसलभित्र रबर, टायर र छिटो आगो सल्किने वस्तु रहेकाले नियन्त्रणमा कठिनाइ भएको उहाँले बताउनुभयो । उहाँले पाँच घण्टापछि आगो नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक श्यामप्रकाश यादवको नेतृत्वमा ७१, राजदल गण एयरपोर्टबाट प्रमुख सेनानी भद्रबहादुर सिंहको नेतृत्वमा ५०, सशस्त्र प्रहरी बल नेपाल नं ३२ गण हेडक्वाटर रक्तकाली गण सुर्खेतबाट सहायक प्रहरी निरीक्षक रामबहादुर खत्रीको नेतृत्वमा २१ जनाको टोली, आयल निगाम सुर्खेतको दमकल र डिभिजन वन कार्यालय सुर्खेतको ट्याङकरसहित स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने तथा आगलागीको थप कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिनुभयो । रासस




भर्खरै