२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी हनुमानढोका दरबारमा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा बिहीबार हनुमानढोका आयोजित वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुनु भएको थियो । राष्ट्रपतिले भण्डारीले हनुमानढोका दरबार गइ वसन्त श्रवन गर्नु भएको थियो ।

हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । बिहीबार बिहान ९ः०५ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नु भएको हो । हनुमानढोका दरबारका पुरोहित देवराज अर्यालले राष्ट्रपतिलाई बसन्त श्रवण गराउनु भएको थियो

राष्ट्रपति भण्डारी हनुमानढोका दरबारको नासल चोकमा पुगेर वसन्त श्रवण गरेपछि जे देखियो…(फोटो फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा बिहीबार हनुमानढोका दरवारस्थित नासलचोकमा आयोजित वसन्त श्रवणमा प्रसाद ग्रहण गर्नुहुँदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा बिहीबार हनुमानढोका दरवारस्थित नासलचोकमा वसन्त श्रवण गर्नुहुँदै ।
श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा बिहीबार हनुमानढोका आयोजित वसन्त श्रवणमा सहभागी विभिन्न मन्त्रालयका सचिव तथा अन्य पदाधिकारीहरु ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा बिहीबार हनुमानढोका दरवारस्थित नासलचोकमा वसन्त श्रवण गर्नुहुँदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा बिहीबार हनुमानढोका दरवारस्थित नासलचोकमा वसन्त श्रवण गर्नुहुँदै ।
प्रधानमन्त्री केपी शर्मा आली श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा बिहीबार हनुमानढोका आयोजित वसन्त श्रवणमा प्रसाद ग्रहण गर्नुहुँदै ।