८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघमा देउवाले घोषणा गरे अध्यक्ष र महामन्त्री



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो तर्फबाट नेपाल विद्यार्थी संघमा अध्यक्ष र दुई महामन्त्री घोषणा गरेका छन् । सभापति देउवाले नेविसंघको अध्यक्षमा सुनसरीका राजीव ढुंगाना र महामन्त्रीमा काठमाण्डौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवरले जिम्मेवारी दिएका हुन् ।

२०७५ फागुन १ गते बसेको केन्द्रीय समिति बैठकको निर्णय र पार्टी विधानको धारा ४२ (१) (च) बमोजिम देउवा ११ महिना १८ दिनपछि नेविसंघ तदर्थ समिति ल्याएका छन् । १२७ सदस्यीय समितिमा आज देउवाले आफ्नो तर्फबाट अध्यक्ष र दुई महामन्त्रीसहतिको समिति घोषणा गरेका हुन् ।

तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र गरिने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेविसंघमा सभापति देउवा पक्षबाट सभापतिसहित ३ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री, एक जना कोषाध्यक्ष र ४० जना सदस्य रहनेछन् ।