१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघमा देउवाले घोषणा गरे अध्यक्ष र महामन्त्री



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो तर्फबाट नेपाल विद्यार्थी संघमा अध्यक्ष र दुई महामन्त्री घोषणा गरेका छन् । सभापति देउवाले नेविसंघको अध्यक्षमा सुनसरीका राजीव ढुंगाना र महामन्त्रीमा काठमाण्डौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवरले जिम्मेवारी दिएका हुन् ।

२०७५ फागुन १ गते बसेको केन्द्रीय समिति बैठकको निर्णय र पार्टी विधानको धारा ४२ (१) (च) बमोजिम देउवा ११ महिना १८ दिनपछि नेविसंघ तदर्थ समिति ल्याएका छन् । १२७ सदस्यीय समितिमा आज देउवाले आफ्नो तर्फबाट अध्यक्ष र दुई महामन्त्रीसहतिको समिति घोषणा गरेका हुन् ।

तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र गरिने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेविसंघमा सभापति देउवा पक्षबाट सभापतिसहित ३ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री, एक जना कोषाध्यक्ष र ४० जना सदस्य रहनेछन् ।