१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले शान्ति सुरक्षा कायम गर्न सकेनः अध्यक्ष ओली



अ+ अ-

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भयरहित चुनावका लागि सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

सोमबार आफ्नो निर्वाचन क्षेत्र झापा–५ दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले सरकार शान्ति सरक्षा कायम गर्नतिर अग्रसर नभएको बताउनु भयो ।

देशलाई चाहिएको शान्ति सुरक्षामा सरकार उदासिन देखिएको औंल्याउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘स्वयं तपाईं पत्रकारहरु नै सेल्फ सेन्सरसिप गर्नुपरेको छ । कसको पक्षमा लेखिदिने भन्ने छ । देशको प्रधानन्यायधिशले समेत धम्की आएको छ भन्ने अवस्था छ । निर्वाचन अयोग त्रासादीमा छ । प्रहरीको मनोबल छैन । जनताले प्रहरीको बस्ने ठाँउ बनाइदिएका छन् । जेल फोड्ने क्रिमिनिल काम गर्नेहरुको मुद्दा फिर्ता लिने काम भएको छ । यस्तो स्थितिमा शान्ति सुरक्षाको अवस्था नाजुक छ ।’

अध्यक्ष ओलीले झापाको एसपी फेरिएको सन्दर्भ औंल्याउँदै भन्नुभयो– ‘म २५ वर्ष अघि गृहमन्त्री भएको हुँ । त्यो बेला यस्तो काम कहिल्यै गरिनँ । एसपीलबाट निश्पक्षता हुन्छ कि भन्ने डरले सरुवा गरिएको छ । यस्तो सबै दलले आ–आफ्नो पक्षबाट फेर्न माग गरे भने कसरी सुरक्षाकर्मीले काम गर्न सक्छन् ?’

झापाको मुहार फेर्ने गरी विकासको काम आफ्नो कार्यकालमै रहेको उहाँले बताउनु भयो ।

प्रधानमन्त्रीबाट राजिनामा गरेपछि मंगलबार उम्मेदवारी दर्ताका लागि आफ्नो गृह क्षेत्र आउनु भएका अध्यक्ष ओलीले झापामा भएका विकासका कामहरु हेर्न र सही रिपोर्टिङ गर्न सबैलाई आग्रह गर्नुभयो ।

‘हामीले यहाँबाट जनप्रतिनिधिका रुपमा गएपछि नदी नियन्त्रण, खानेपानी, शिक्षा, स्वास्थ्य सबै कामहरु भएका छन् । यस क्षेत्रमा विभिन्न दुर्गम ठाउँमा उद्यमी व्यावसायहरु भएका छन् । विशाल औद्योगिक क्षेत्र बनाउने तयारी छ । कृषिको आधुनिकीकरण, उद्योगहरु बनाउँदै लाने अन्तिम तयारीमा छौं । यहाँको योजनाले धेरै रोजगारीको सृजना गर्नका लागि यान्त्रिकरण गरिरहेका छौं’, अध्यक्ष ओलीले भन्नुभयो ।

‘झापा जिल्लामा धेरै परिवर्तन भएका छन् । बाटाघाटाका हिसाबले भएका विकास हेर्न सँगसँगै घुमौं, हेरौं । झापामा घर पातला भए, बाटा बाक्लो भए । बाटा सफा छन् । हुनत फलानो उम्मेदवार आउने भयो भनेर बाटा सफा भयो भन्न पनि सक्छन्’, उहाँले भन्नुभयो– ‘आधारभूत विकासको काम भएका छन् । विकास निरन्तर हुने चिज हो । शिक्षाको हकमा उत्तरतिर भएको छ । दक्षिणतिर शिक्षामा बढि जोड दिनुपर्छ ।’