१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा बालेन शाहको स्वीकारोक्तिः मेयर हुँदा पनि जनताको समस्या समाधान गर्न सकिनँ



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयरको जिम्मेवारी सम्हाल्दा पनि जनताका गम्भीर समस्या समाधान गर्न नसकेको स्वीकार गरेका छन्।

सोमबार जनकपुरमा आयोजित रास्वपाको सभालाई सम्बोधन गर्दै उनले काठमाडौंमा उखु किसानदेखि मिटरब्याज पीडितसम्मले माइतीघर मण्डलामा आन्दोलन गर्दा पनि आफू मुकदर्शक बनेर बस्न बाध्य भएको बताए।

‘म करिब चार वर्ष काठमाडौंको मेयरको रूपमा बसेँ। कोही मान्छेको भेट पनि गरिनँ। दैनिक माइतीघर मण्डलामा उखु किसानको आन्दोलन भयो, मिटरब्याज पीडितको आन्दोलन भयो। तर हामी मुकदर्शक भएर बस्नुपरेको थियो,’ बालेन शाहले भने।

उनले त्यस समय काठमाडौं महानगरपालिकाको नेतृत्वमा रहेर धेरै कुरा गर्न नसकेको खुलेर स्वीकार गरे। यद्यपि, मेयरको हैसियतमा देशभरका ३५ पालिकामा एम्बुलेन्स पुर्‍याउन सफल भएको उल्लेख गर्दै संघीय सरकारको नेतृत्वमा पुगेमा अझ धेरै काम गर्न सकिने दाबी गरे।

‘काठमाडौंको मेयरको रूपमा केही गर्न सकिएन। अब गरेर देखाउँछु। काठमाडौंमा रहेर ३५ पालिकामा एम्बुलेन्स पुर्‍याउन सकेँ भने संघ सरकारमा गएँ भने कति सकिएला ?’ भन्दै उनले प्रश्न गरे।