६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

नेकपा र कांग्रेसले चाहेको पुरा हुदैन, सरकारमा सहभागी हुदैनौ : संयोजक यादव

नेकपा र कांग्रेसले चाहेको पुरा हुदैन, सरकारमा सहभागी हुदैनौ : संयोजक यादव
अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्र राय यादवले आफ्नो पार्टी केन्द्रीय सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् । उनले भने,‘सरकारमा सहभागी हुनेबारे हाम्रो पार्टीमा कुनै छलफल भएको छैन् । त्यसैले सरकारमा जाने सम्भावना छैन् । सरकारमा जानेबारे हामीसँग नैतिक धरातल छैन् । असोज ३ गतेलाई हामी कालो दिवसको रुपमा मनाउँछौं । अर्को कुरा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन् ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक यादवले सरकारमा सहभागी हुने कुरा आफूहरुको प्राथमिकता नभएको जिकिर गरे । उनले भने,‘राष्ट्रिय जनता पार्टी नेपाल सरकारमा जानको लागि ईच्छुक छैन् । तर, हाम्रा माग र मुद्दा सम्बोधन गरियो र एउटा वातावरण सहज बन्यो भने र हाम्रा सबै काम सम्पन्न भए भने हामी त्यतिवेला विचार गर्न सक्छौं । हाम्रा विगतका मुद्दा र मागलाई यो सरकारले सम्बोधन गरोस् । तर, अहिले सरकारमा जाने स्थिति छैन् ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टीले प्रतिनिधिसभाको लागि उपसभामुख नमागेको स्पष्ट पारे । उनले भने,‘हामीले उपसभामुख हाम्रो पार्टीलाई देउ भनेर मागेका छैनौं । यो सरकारले हामीलाई उपसभामुख किन दिन चाहेको छ ? हामीले बुझ्न सकेका छैनौं ।’ सदन र सडक आफूहरुको नीति भएको सुनाउँदै उनले भने,‘मधेशमा भएका सहिदहरुका सपना साकार पार्नको लागि र माग पूरा गराउनको लागि हामीले कुनै पद, सरकार र उपसभामुख हाम्रो माग होईन् । हामी सहिदको रगतमा कुनै सौदाबाजी गर्ने पक्षमा छैनौं ।’

वर्तमान सरकारले संविधान संशोधन गर्छ भन्ने कुरामा आफूहरु अझैपनि विश्वस्त रहेको संयोजक यादवको भनाई छ । ‘संविधान संशोधन गर्छ भनेर नै हामीले यो सरकारलाई यसभन्दा अघि एक वर्षसम्म समर्थन गरेका थियौं । तर, एक वर्षसम्मपनि संशोधन नभएकोले हामीले समर्थन फिर्ता लियौं । हाम्रो अहिलेपनि माग र मुद्दा यथावत छन् । ती माग र मुद्दा सम्बोधन नभएसम्म हामी सरकारलाई समर्थन गर्दैनौं । तर, हाम्रा माग पूरा भए समर्थन गर्नेबारे विचार गर्छौं ।’
मधेश आन्दोलनका घाईतेहरुको अझैपनि उपचार हुन नसकेको र मुद्दा लागेका कार्यकर्ताहरु फरार रहेको सुनाउँदै उनीहरुको माग पूरा गर्नुपर्ने उनले सुझाए । उनले भने,‘रेशम चौधरीको मुद्दा राजनीतिक मुद्दा हो । यो मुद्दालाई राजनीतिक रुपमा हल गरिनुपर्छ । हाम्रो पार्टीको विगतको मुद्दा अहिलेसम्मपनि यथावत छ । विगतमा हामीले जुन मुद्दा र मागको लागि यो सरकारलाई समर्थन गरेका थियौं, यो सरकारले त्यहीँबाट प्रक्रिया अगाडि बढाओस् । हामी यो सरकारलाई आवश्यकत्ता ठानेको खण्डमा हाम्रो माग र मुद्दालाई सम्बोधन गरेको अवस्थामा समर्थन दिन तयार छौं ।’

यादवले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताको प्रक्रिया अघि बढिरहेकोले एकता हुने विश्वास दिलाए । उनले भने,‘एकताको लागि हामीले वार्ता कमिटी बनायौं, त्यो कमिटीले काम गरिरहेको छ । अहिलेपनि अनौपचारिक वार्ताहरु भैरहेका छन् ।’ उनले एकताको लागि धेरै कुरा मिलिसकेको जिकिर गरे । उनले भने,‘विचार, सिद्धान्त र मूल्यको आधारमा पार्टीको नाम, चुनाव चिन्ह र झण्डामा सहमति भैसकेको छ । तर, नेतृत्व व्यवस्थापनमा अहिले छलफल चलिरहेको छ ।’ उनले दुवै पार्टीको बराबर संख्या भएकोले सम्मानजनक नेतृत्व मिलाउने तयारी भएको पनि स्पष्ट पारे । उनले दुई पार्टीबीचको एकता राष्ट्रिय आवश्यकत्ता भएको औंल्याए । उनले भने,‘हामी दुई पार्टीबीचको एकता राष्ट्रको एकता हुनेछ । र नेपाली जनताको एकता हुनेछ । हिजो मधेशका पार्टीहरुले उठाएका मुद्दाहरु सबै राष्ट्रिय भए, मधेश आन्दोलनका उपलब्धिलाई रक्षा गर्दै र विभिन्न चरणमा हिजोका सरकारसँग गरेका सम्झौता कार्यान्वयन गराउनको लागि पनि देशलाई तेस्रा वैकल्पिक शक्तिको आवश्यकत्ता छ ।’ उनले आफूहरुले चाँडोभन्दा चाँडो एकता प्रक्रिया टुँगोमा पुगोस भन्ने चाहेको पनि सुनाए । तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले आफूहरुको एकता नचाहेको उनको आरोप लगाए । उनले भने,‘यी दुवै पार्टीले थ्रेस होल्ड लगाएपछि मधेशवादी पार्टी समाप्त हुन्छ भनेर सोचेका थिए, तर पहिचानको मुद्दा बचाउनको लागि हाम्रो बीचमा एकता आवश्यक छ ।’

यादवले प्रदेश नम्बर २ को राजपा नेपाल–समाजवादी पार्टीबीचको सरकारको वर्तमान गठबन्धन नटुट्ने पनि दाबी गरे । उनले भने,‘२ नम्बर प्रदेशको सरकार भनेको मधेशी, उत्पीडन, विभेदमा परेका समूदायको जनताको सरकार हो । यो सरकार ५ वर्षसम्म रहन्छ । कुनै तलमाथि हुँदैन् । अहिले जसको नेतृत्वमा छ, त्यही नै रहन्छ । तर हामी यसलाई सुदृढ गर्न खोज्छौं । विकास निर्माणको प्रक्रियालाई अघि बढाउने काम गर्छौं ।’ उनले २ नम्बर प्रदेशको सरकारलाई गिराउने भनेर बाहिर हल्ला र चर्चा चलेपनि त्यसमा कुनै सत्यता नभएको भन्दै कुनै सरकार ढल्नेबारे कुनै खतरा नरहेको जिकिर गरे । डिम्पल कुमारी झाले राज्यमन्त्रीबाट दिएको राजीनामालाई पनि उनले आन्तरिक मामिलाको संज्ञा दिए ।

एमसिसी विद्येयक संसदमा दर्ता भएको सुनाउँदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सर्वसम्मतीमा ल्याए आफूहरुको यसबारेमा सकारात्मक सोच रहेको बताए । उनले भने,‘उहाँहरुको पार्टीभित्रको कुरा छ, यदि उहाँहरुले सर्वसम्मतीले ल्याउनु भयो भने हाम्रो यसबारेमा सकारात्मक सो छ । एमसिसीबारे उठेका कुराहरु जनतालाई स्पष्ट पार्नुपर्ने हुन्छ । हामी चाहन्छौं किन सरकारले यसलाई ल्यायो भने संसदमा छलफल गरेर पास गराउनुपर्छ ।’