१७ श्रावण २०८३, आईतवार
,
Latest
काँग्रेस कमजोर हुँदा देशले राजनीतिक र आर्थिक दुर्घटना व्यहोर्नुपर्छः रञ्जित कर्ण शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना नेपाली काँग्रेसको आन्तरिक एकताका लागि ‘देश र काँग्रेस जोड्ने अभियान’ घोषणा, साउन २० मा राष्ट्रिय… मनसुन विपद्ः बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि… निर्मल पुर्जासहित अन्य पर्वतारोहीको शव क्याम्प–१ मा ल्याइने मिसन एशियन गेम्सः आगामी पुस्तालाई प्रोत्साहित गर्न जुट्दै स्केटर शरद र गजेन्द्र ‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम



अ+ अ-

भोजपुर। परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले राडीपाखी बुन्ने तालिम सञ्चालन गरेको छ ।

हराउँदै जान थालेको भेडाको ऊनबाट राडीपाखी बनाउने पुर्खौली सीपको संरक्षण तथा पुस्तान्तरण गर्ने लक्ष्यसहित यो तालिम सञ्चालन गरिएको हो ।

यही माघ ४ गतेबाट सुरु भएको तालिम फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । एक महिनासम्म चल्ने तालिममा स्थानीय पाँचजना महिलाको सक्रिय सहभागिता रहेको गाउँपालिकाले जनाएको छ । तालिममा भेडाको ऊन प्रशोधनदेखि लिएर परम्परागत ढाँचामा राडीपाखी बुन्नेसम्मका सीप व्यवहारिक रुपमा सिकाइने छ ।

स्थानीय सीपको प्रवद्र्धन गर्दै आर्थिक र पर्यटनसँग जोडेर भेडापालक किसानलाई हौसला प्रदान गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो ।

राडीपाखी उत्पादनलाई पर्यटक लक्षित सामग्रीका रूपमा विकास गर्न सकिने भएकाले भेडापालन र स्थानीय उत्पादन प्रवद्र्धनमा तालिमले महत्वपूर्ण टेवा पुग्ने अध्यक्ष बस्नेतको भनाइ छ ।

“हामीले परम्परागत राडीपाखी बुन्ने सीपको संरक्षण गर्दै यसलाई आर्थिक उपार्जन र पर्यटनसँग जोड्ने योजना बनाएका छौँ,” अध्यक्ष बस्नेतले भन्नुभयो, “यसले स्थानीय महिलाको रोजगारी सिर्जना गर्नुका साथै भेडापालनप्रति आकर्षण बढाउने विश्वास लिएका छौँ ।”

उहाँका अनुसार मुन्दुम पदमार्ग क्षेत्र टेम्केमेयुङको प्रमुख पर्यटकीय आकर्षणको रूपमा विकसित हुँदै गएको छ । सो पदमार्ग आसपास हाल करिब ११ वटा भेडीगोठ सञ्चालनमा रहेका छन् ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार पुर्खौली रुपमा गरिँदै आएको भेडापालन पेसाबाट उत्पादन हुने ऊनको स्थानीयस्तरमै प्रयोग बढाउने र यसमा संलग्न किसानको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिमले परम्परागत सीपको संरक्षणसँगै सीपको पुस्तान्तरणमासमेत सहयोग पु¥याउने उहाँको भनाइ छ ।

राडीपाखी किरात समुदायको संस्कार, संस्कृति र पहिचानसँग गहिरो रूपमा जोडिएको वस्तु भएकाले यसको संरक्षण आवश्यक रहेको उपाध्यक्ष राईको भनाइ छ । स्थानीय महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउँदै सांस्कृतिक सम्पदाको संरक्षण गर्न तालिमले टेवा पुग्ने उहाँको भनाइ छ ।

गाउँपालिकाले आगामी दिनमा तालिममा सहभागी महिलालाई उत्पादित राडीपाखीको बजारीकरण, प्रदर्शनी तथा पर्यटनसँग जोड्ने कार्यक्रमसमेत अघि बढाउने तयारी गरेको छ । यसले स्थानीय सीप, संस्कृति र अर्थतन्त्रलाई एकसाथ मजबुत बनाउने सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । रासस