१७ श्रावण २०८३, आईतवार
,
Latest
शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना नेपाली काँग्रेसको आन्तरिक एकताका लागि ‘देश र काँग्रेस जोड्ने अभियान’ घोषणा, साउन २० मा राष्ट्रिय… मनसुन विपद्ः बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि… निर्मल पुर्जासहित अन्य पर्वतारोहीको शव क्याम्प–१ मा ल्याइने मिसन एशियन गेम्सः आगामी पुस्तालाई प्रोत्साहित गर्न जुट्दै स्केटर शरद र गजेन्द्र ‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल सुनचाँदीको मूल्य घट्यो लुम्बिनीमा गहुँको छालिबाट कलात्मक सामग्री निर्माण तालिमः खेर जाने वस्तुबाट आत्मनिर्भर बन्दै स्थानीय महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुराना सिक्काहरु संकलन गर्ने दाजुबहिनी सम्मानित



अ+ अ-

भक्तपुर। भक्तपुरमा पुराना सिक्काहरु संकलित गर्ने दुई दाजुबहिनी सम्मानित भएका छन् ।

भक्तपुर घर भई हाल काठमाडौं वस्ने एकै परिवारका दुई दाइबहिनी लक्ष्यजित मल्ल र समृद्धि मल्ल सम्माति भएका हुन् ।

श्री सरस्वती माध्यमिक विद्यालय चाँंगुनारायण नगरपालिका ८ भक्तपुरको ६४ औं वार्षिकोउत्सवको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले उनीहरुलाई सम्मान गरेका हुन् । साथमा पाँच जना पत्रकारहरु पनि सम्मानित भए । ती पत्रकारहरुमा कृष्ण किसी, प्रेमध्वज लामा, हरिसुन्दर छुकाँ, कृष्ण नेपाल र हरिशरण बास्तोला रहेका छन् ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री हरिप्रभा खड्गी, जिल्लाको चाँंगुनारायण नगरपालिकाका उपप्रमुख रमेश वुढाथोकी, चाँंगुनारायण नरपालिकाका निवर्तमान प्रमुख एवं एमाले नेता सोम मिश्र, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जिव पुरी, विद्यालयका प्रधानाध्यापक टिकाराम पाण्डेयलगायतले विद्यालयका विविध विषयमा चर्चा गरेका थिए । कार्यक्रमको क्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पनि गरिएको थियो ।