२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगर प्याब्सन फुटसल आइतबारदेखि



अ+ अ-

काठमाडौं महानगर प्याब्सन कमिटीको आयोजनामा काठमाडौं महानगर प्याब्सन कप फुटसल प्रतियोगिताको पहिलो संस्करण आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहने आयोजक कमिटीका अध्यक्ष मुरारीप्रकाश सन्जेलले बिहीबार विट्स एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई विभिन्न ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूहमा शीर्ष स्थानमा रहने टिम मात्र सोझै क्वाटरफाइनलमा प्रवेश गर्ने छ । विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने आयोजक कमिटीका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए । उक्त नगद पुरस्कार आईसीएफसी फाइनान्स र हिमालयन डेन्टल अस्पतालले प्रायोजन गर्ने भएको छ ।

उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगदसहित पुरस्कृत गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरु बौद्धस्थित एरिना फुटसलमा खेलाइने छ ।