१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन शाह जनकपुर प्रस्थान, भोलिदेखि चुनावी अभियान सुरु गर्ने तयारी



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह जनकपुर जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।

आज काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय पुगेका थिए। त्यसपछि उनी पार्टीका सभापति रवि लामिछानेसहित रास्वपाका नेता तथा कार्यकर्ताहरूसँग विमानस्थल पुगेका हुन्।

बालेन शाह आज जनकपुर प्रस्थान गर्ने र भोलिदेखि जनकपुरबाटै चुनावी अभियान सुरु गर्ने तयारीमा रहेको बताइएको छ। उनको यात्रालाई लिएर रास्वपाका समर्थकहरूमा उत्साह देखिएको छ।

मेयर पदबाट राजीनामा दिएर सक्रिय राजनीतिमा प्रवेश गरेका बालेनको आगामी राजनीतिक कदमलाई लिएर चासो बढेको छ।