२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाको जर्सीमा मेस्सीको ५ सय गोल



अ+ अ-

कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा बार्सिलोना प्रवेश गरेको छ । बिहिबार नाउ क्याम्पमा भएको खेलमा लेगानेसलाई ५–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले क्वार्टरफाईनलमा आफ्नो स्थान पक्का गरेको हो । कप्तान लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोनाले जित हात पारेको हो ।

बार्सिलोनालाई अग्रता दिलाउन एन्टोनी ग्रिजम्यानले खेलको चौथो मिनेटमा पहिलो गोल गरेका थिए । २८ औं मिनेटमा क्लेमेन्ट लेन्गलेटले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । लियोनल मेस्सीले ५९ औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे । ७७ औं मिनेटमा अर्थरले बार्सिलोनालाई ४–० ले अघि बढाए । खेल सकिन एक मिनेट बाँकी छदाँ मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै क्लबलाई फराकिलो जित दिलाएउन सफल रहेका थिए ।

मेस्सीले बार्सिलोनाको जर्सीमा ५ सय गोल पुरा गरे । बार्सिलोनासंगै रियल मड्रिड, भ्यालेन्सिया, एट्लेटिको विल्वाओ, भिल्ला रियल, ग्रानाडा, रियल सोसिडाड र मिरन्डासले अन्तिम ८ मा स्थान पक्का गरेका छन् ।