१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाको जर्सीमा मेस्सीको ५ सय गोल



अ+ अ-

कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा बार्सिलोना प्रवेश गरेको छ । बिहिबार नाउ क्याम्पमा भएको खेलमा लेगानेसलाई ५–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले क्वार्टरफाईनलमा आफ्नो स्थान पक्का गरेको हो । कप्तान लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोनाले जित हात पारेको हो ।

बार्सिलोनालाई अग्रता दिलाउन एन्टोनी ग्रिजम्यानले खेलको चौथो मिनेटमा पहिलो गोल गरेका थिए । २८ औं मिनेटमा क्लेमेन्ट लेन्गलेटले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । लियोनल मेस्सीले ५९ औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे । ७७ औं मिनेटमा अर्थरले बार्सिलोनालाई ४–० ले अघि बढाए । खेल सकिन एक मिनेट बाँकी छदाँ मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै क्लबलाई फराकिलो जित दिलाएउन सफल रहेका थिए ।

मेस्सीले बार्सिलोनाको जर्सीमा ५ सय गोल पुरा गरे । बार्सिलोनासंगै रियल मड्रिड, भ्यालेन्सिया, एट्लेटिको विल्वाओ, भिल्ला रियल, ग्रानाडा, रियल सोसिडाड र मिरन्डासले अन्तिम ८ मा स्थान पक्का गरेका छन् ।