१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो



अ+ अ-

सिरहा। सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना बढ्दै गएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा (साउनदेखि पुससम्म) यहाँ भएका सवारी दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये ३० जना पुरुष, पाँच जना महिला र चार जना बालबालिका रहेका छन् ।

उक्त अवधिमा सवारीसाधन दुर्घटनामा परेर ३४५ जना गम्भीर र ७४२ जना सामान्य घाइते भएका कार्यालय प्रमुख प्रहरी निरीक्षक सालिकराम तिमिल्सिनाले जानकारी दिनुभयो ।

छ महिनाको अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको तथ्याङ्कले देखाएको छ । उपलब्ध विवरणअनुसार ४९८ मोटरसाइकल, ५८ वटा ई–रिक्सा (टेम्पो), २१ वटा ट्रयाक्टर र २० वटा ट्रक तथा ट्याङ्कर दुर्घटनामा परेका छन् ।

यहाँ गत आव २०८१/८२ मा ८३ जना र आव २०८०/८१ मा ६८ जनाको दुर्घटनामा ज्यान गएको थियो । ट्राफिक प्रमुख तिमिल्सिनाले सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारीसाधनमा ‘रिफ्लेक्टर’ टाँस्ने अभियान सञ्चालन गर्नुका साथै विद्यालय तहमा सडक सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको बताउनुभयो ।

दुर्घटना कम गर्न सवारी चालक मात्र नभई पैदलयात्री र स्थानीय बासिन्दा पनि उत्तिकै सचेत हुन आवश्यक रहेको उहाँको भनाइ छ ।रासस