९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैनः संयोजक दाहाल



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ ।

आज यहाँ केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले राजनीतिक दलहरू निर्वाचनका लागि सम्पूर्ण रूपमा तयार हुनुपर्ने बताउँदै संसद् पुनःस्थापनाको पछाडि नलाग्न जोड दिनुभयो ।

निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सरकारलाई आग्रह गर्दै पूर्वप्रधानमन्त्री दाहालले देशमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलता समाधान गरी सुशासन कायम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले समान वैचारिक दृष्टिकोण रहेका बाम शक्तिबीच ध्रुवीकरण प्रारम्भ भएको बताउँदै केही दिनभित्र अन्य पार्टीसँग पनि एकता गरिने जानकारी दिनुभयो ।

सहसंयोजक माधवकुमार नेपालले पार्टीको राजनीतिक दर्शनमा समाजवादी कार्यक्रम प्रष्ट रहेकाले जनताको भरोसा तथा विश्वास बढेको बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक विचार र सिद्धान्त मिलेका दल एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने उल्लेख गर्नुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत् बज्राचार्य नेतृत्वको टोलीलाई नेकपामा स्वागत गरिएको थियो । रासस




भर्खरै