२७ श्रावण २०८३, बुधबार
,
Latest
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छाै : निधि एनसेल सेयर खरिद–बिक्री अध्ययन प्रतिवेदन सार्वजनिक (पूर्ण पाठ) ‘काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीको ट्राफिक व्यवस्थापन हातको ईशारा र सिठ्ठीका भरमा भएको छ’ ५ वर्षभित्र यातायात क्षेत्र पूर्ण प्रविधिमैत्री बनाउने सरकारको तयारी छ : सभापति गजुरेल सार्वजनिक खरिद प्रक्रिया तथ्यमा आधारित हुनुपर्छ, हचुवाका भरमा निर्णय नगरौँः वर्षमान पुन देउवालाई ‘मोहरा’ बनाएर काँग्रेस कमजोर पार्ने खेल भइरहेको छः महामन्त्री घिमिरे सरकारी कार्यालयमा पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन सरकारको निर्देशन कार्यकाल बाँकी छँदै दुई सचिवले छाडे पद ग्यास अभावमा चितवन मेडिकल कलेजका विद्यार्थीलाई १०० रुपैयाँमै खाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एफ सि बायर्न लेजेण्ड कप २०२६ ‘डिशहोम गो’मा लाइभ



अ+ अ-

काठमाडौं । ‘बायर्न एफ सि’ले आयोजना गर्ने लेजेण्ड फुटवल खेलाडीहरुको फुटबल प्रतियोगिता ‘एफ सि बायर्न लेजेण्ड कप २०२६’ ‘डिशहोम गो’मा प्रत्यक्ष प्रशारण हुने सो कम्पनीले जानकारी दिएको छ ।

पूरानो शैलीको ईनडोर फुटवल प्रतियोगितामा सहभागी एफ सि बायर्नका आर्जेन रोविन, फ्र्याङ्क रिबेरी, लोथर म्याथ्युज र जोर्गन क्लिन्सम्यान जस्ता लेजेण्ड खेलाडीहरुले म्युनिखको साप गार्डेन स्टेडियममा फुटबल प्रेमीहरुका लागी पूराना दिनहरु ताजा गराउनेछन् ।

छ वटा क्लवहरु एफसी बायर्न म्युनिख, युभेन्टस, बोरुसिया डर्टमुन्ड, सेल्टिक एफसी, आईट्राक्ट फ्रान्कफर्ट र रियल म्याड्रिड सहभागी प्रतियोगितामा क्लवका अरु पूर्वस्टार प्लेयरहरु (लिजेण्ड फुटवलर)को जादु पनि पुनः एकपटक हेर्न पाईने भएको छ ।

नेपालमा भने यो प्रतियोगिता नेपाली समय अनुसार बेलुकी ८ः५ देखि डिशहोम गो एप तथा एक्सन स्पोर्टस एचडी २ च्यानलमा हेर्न पाईने छ ।