१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वहरूले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ: राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौ । राष्ट्रपति बिद्यादेबी भण्डारीले नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधताले भरिएको इन्द्रेणी जस्तै सुन्दर र सौम्य  रहेको जनाउनु भएको छ । तमु ल्होसार पर्व, २०७८ को शुभकामना सन्देश जारी गर्दे राष्ट्रपति भण्डारीले तमु ल्होसार जस्ता पर्वहरूबाट सबै नेपाली बीच आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको जनाउनु भएको छ ।

राष्ट्रपति भण्डारीले  गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका  सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । तमु ल्होसारले गुरुङ समुदायको नयाँ संवत् सुरू भएको संकेत गर्दछ । यस समुदायले आज पुरानो वर्षलाई विदाई र नयाँ वर्षलाई स्वागत गर्दै यो पर्व मनाउने प्रचलन रहेको छ ।

गुरुङ समुदायको बाहुल्यता रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की र पर्वत लगायतका जिल्लाहरूमा यो पर्व अपार उमङ्गका साथ मनाउने गरिन्छ । सन्देशभा भनिएको छ मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न समेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ ।