१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्धारित समयमा नै निर्वाचन हुनुपर्छ, दुई दिन भित्र उम्मेद्वार टुङ्याउँछौँः विश्वप्रकाश शर्मा



अ+ अ-

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्धारित समयमा नै निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।

आधिकारिकता सम्बन्धि जानकारी दिनका लागी शुक्रवार निर्वाचन आयोगमा पुग्नुभएको शर्माले नेपाली काँग्रेसको विवादका कारण निर्वाचन रोकिन नहुने बताउनु भयो ।

उहाँले गगन थापा नेतृत्वको काँग्रेसले दुई दिनभित्र सम्पूर्ण उम्मेद्वारी टुग्याउने जानकारी पनि दिनुभयो । संसदीय बोर्ड गठन गरिसकेको जानकारी दिनुहुँदै उहाँले १६५ वटै क्षेत्रमा उम्मेद्वारी टुंग्याउने गरी आफूहरुले काम गरिरहेको बताउनु भयो । उहाँले आयोगले दिने निर्णयलाई ढिलाई नगर्न पनि आग्रह गनुभयो ।

उहाँले भन्नुभयो, ‘माघ ६ आउनलाई ४ दिन बाँकी छ । हामीले यो जानकारी गराउन चाहन्छौँ । पार्टीको सभापति गगन थापाको नेतृत्वमा बसेको बैठकले संसदीय बोर्ड पनि गठन गरिसकेर हामी १६५ क्षेत्रकै लागि उम्मेद्वारी अवको दुई दिनभित्र टुङ्याउने गरि तम्तयार अवस्थामा हाम्रो टिमले काम गरिरहेको छ । घोषणा पत्रको टिमले काम गरिहेको छ । निर्धारित समयमा नै निर्वाचन हुनुपर्छ । यसमा हाम्रो सम्पुर्ण रुपले साथ रहन्छ । यसको कारणले कुनै असर पर्नु हुँदैन । निर्वाचन आयोगले यसमा निर्णय गर्ने कुरालाई ढिलो नगरिदिनुस् ।’ 

उहाँले आयोगले निर्णय दिएपछि देशभर निर्वाचनको माहोल बनाउन आफूहरुले सहयोग गर्ने बताउनु भयो ।