२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वादिलो म:म स्वास्थ्यको लागि कत्तिको हानिकारक छ ?



अ+ अ-

सर्बप्रिय म:मको माग आजको बजारमा अत्याधिक मात्रामा रहेको छ । मानिसहरू ममको स्वाद भेराईटी भेराईटीमा मिठो मानी खाने गर्छन् । तर स्वास्थ्यको हिसाबले म:म खानु भनेको धेरै नै हानिकारक रहेको छ । किनकि यसले रक्तचापको समस्या बढाउँछ । रक्तचापको परीक्षण १२०/ ८० एमएमएचजीका आधारमा गरिन्छ । यहाँ १२० अंक सिस्टोलिक रक्तचाप हो र यसलाई सामान्य भाषामा हाई प्रेसर भनिन्छ ।

अनि तलको रक्तचापलाई डाइस्टोलिक भनिन्छ अर्थात् लो प्रेसर । अत्यधिक मात्रामा फास्टफूडको प्रयोगले युवावर्गहरुमा उच्च रक्तचापको समस्या निकै बढिरहेको चिकित्सकहरू बताउँछन् । तनावपूर्ण जीवनशैली, अनियमित खानपान, फल र मम जस्ता फास्टफूडको सेवन, चिल्लो र निष्क्रिय जीवनशैलीका कारण रक्तचापको समस्या बढिरहेको छ । उच्च रक्तचाप आफैंमा एक रोग हो अनि यसले शरीरका अन्य अंगलाई पनि नराम्रो प्रभाव पार्छ ।

मुटु, कलेजो र मिर्गौलालाई यसले घात गर्छ । आँखालाई पनि यसले हानि गर्छ । उच्च रक्तचापका कारण दिमागका नसाहरू फाट्ने हुनाले मानिसको ज्यानै पनि जान सक्छ। रक्तचाप सन्तुलनमा राख्नका लागि मम लगायतका खानेकुरा कहिलेकाहीँ मात्र खाने गर्नुपर्छ । नियमित रूपमा रक्तचापको परीक्षण गर्नुपर्छ ।

लसुन खाएमा रक्तचापको समस्या निदान हुन्छ किनकि यसले रगत जम्नै दिँदैन र कोलेस्ट्रोलाई नियन्त्रण गर्छ । साथै एक ठूलो चम्चामा अमलाको रस र मह बराबर मिसाएर बिहान बेलुका पिउँदा उक्त रक्तचापमा राहत पुग्छ ।