३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वादिलो म:म स्वास्थ्यको लागि कत्तिको हानिकारक छ ?



अ+ अ-

सर्बप्रिय म:मको माग आजको बजारमा अत्याधिक मात्रामा रहेको छ । मानिसहरू ममको स्वाद भेराईटी भेराईटीमा मिठो मानी खाने गर्छन् । तर स्वास्थ्यको हिसाबले म:म खानु भनेको धेरै नै हानिकारक रहेको छ । किनकि यसले रक्तचापको समस्या बढाउँछ । रक्तचापको परीक्षण १२०/ ८० एमएमएचजीका आधारमा गरिन्छ । यहाँ १२० अंक सिस्टोलिक रक्तचाप हो र यसलाई सामान्य भाषामा हाई प्रेसर भनिन्छ ।

अनि तलको रक्तचापलाई डाइस्टोलिक भनिन्छ अर्थात् लो प्रेसर । अत्यधिक मात्रामा फास्टफूडको प्रयोगले युवावर्गहरुमा उच्च रक्तचापको समस्या निकै बढिरहेको चिकित्सकहरू बताउँछन् । तनावपूर्ण जीवनशैली, अनियमित खानपान, फल र मम जस्ता फास्टफूडको सेवन, चिल्लो र निष्क्रिय जीवनशैलीका कारण रक्तचापको समस्या बढिरहेको छ । उच्च रक्तचाप आफैंमा एक रोग हो अनि यसले शरीरका अन्य अंगलाई पनि नराम्रो प्रभाव पार्छ ।

मुटु, कलेजो र मिर्गौलालाई यसले घात गर्छ । आँखालाई पनि यसले हानि गर्छ । उच्च रक्तचापका कारण दिमागका नसाहरू फाट्ने हुनाले मानिसको ज्यानै पनि जान सक्छ। रक्तचाप सन्तुलनमा राख्नका लागि मम लगायतका खानेकुरा कहिलेकाहीँ मात्र खाने गर्नुपर्छ । नियमित रूपमा रक्तचापको परीक्षण गर्नुपर्छ ।

लसुन खाएमा रक्तचापको समस्या निदान हुन्छ किनकि यसले रगत जम्नै दिँदैन र कोलेस्ट्रोलाई नियन्त्रण गर्छ । साथै एक ठूलो चम्चामा अमलाको रस र मह बराबर मिसाएर बिहान बेलुका पिउँदा उक्त रक्तचापमा राहत पुग्छ ।