५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिवारसम्म निर्वाचन आयोगले अद्यावधिक गर्ने काम टुंग्याउँछः गगन थापा



अ+ अ-

काठमाडौँ: विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको नयाँ केन्द्रिय कार्यसमितिको विवरण शनिवारसम्म निर्वाचन आयोगले अद्यावधिक गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बिहीवार विवरण अद्यावधिक गर्न निर्वाचन आयोग पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । नेपाली काँग्रेसको विधानको धारा १७(२) बमोजिम गरिएको विशेष महाधिवेशनले नेतृत्व चयन गरेकोले सो को जानकारी औपचारिक रुपमा आयोगलाई गराईएको उहाँले जानकारी दिनुभयो । विशेष महाधिवेशन पार्टी विधानको धारा १५ अनुसार पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय सर्वोपरि हुने उहाँले बताउनु भयो ।

महाधिवेशनबाट नयाँ केन्द्रिय कार्यसमिति चयन भइसकेकाले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार सो विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिएको उहाँको भनाई । विशेष महाधिवेशनले निर्वाचित गरेको नयाँ केन्द्रिय कार्यसमितिलाई अद्यावधिक गरिदिन आवश्यक सम्पूर्ण कागजात र विवरणसहित निवेदन दिएकोले छिट्टै अद्यावधिक हुने विश्वास व्यक्त गर्नुभयो ।

माघ ६ गते हुने प्रतिनिधि सभा निर्वाचनको मनोनयन प्रक्रियालाई ध्यानमा राख्दै निर्वाचन आयोगले अत्यन्त छिटो अद्यावधिकको काम टुंग्याउनुपर्ने उहाँले आवश्यकता औंल्याउनु भयो । उहाँले यो कुनै दलभित्रको विवादसम्बन्धी विषय नभई विधिपूर्वक सम्पन्न महाधिवेशनको विवरण अद्यावधिक गर्ने सामान्य प्रशासनिक प्रक्रिया मात्र भएको दाबी गर्नुभयो । आयोगले यसलाई छिट्टो टुंगोमा पु¥याएर पार्टीभित्र र बाहिर देखिएका अन्योल र दुविधा अन्त्य गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीको विधान धारा १७(२) बमोजिम नेपाली काँग्रेसको विशेष महाधिवेशनको आयोजना भयो । र विशेष महाधिवेशन पार्टीको विधानको धारा १५ बमोजिम बमोजिम पार्टीको सर्वोच्च संस्था हो । अधिवेशनले गरेको निर्णय नै सर्वोपरि हुन्छ भन्ने जुन व्यवस्था हो, त्यही व्यवस्था अनुरुप सम्पन्न भएको महाधिवेशनले गरेका निर्णयहरुका बारेमा हामीले आज निर्वाचन आयोगलाई जानकारी गराएका छौँ । अधिवेशनले नेतृत्व चयनसम्बन्धी निर्णय पनि गरेको हुँदा यसले नेपाली काँग्रेसको विद्यमान केन्द्रिय कार्यसमितिलाई बदलिएको छ । त्यो केन्द्रिय कार्यसमिति बदलिएपनि नयाँ आएको केन्द्रिय कार्यसमितिको बारेमा राजनितिक दल सम्बन्धि ऐन २०७३ को दफा ५१ बमोजिम अध्यावधिक गर्ने कुराको हामीले केही समयभित्रमा अधिवेशनको गरेको कुरा निर्वाचन आयोगलाई जानकारी गराईसक्नुपर्छ । हामीले आज निर्वाचन आयोगमा त्यही कुरा जानकारी गराएका छौँ । विशेष अधिवेशन सम्पन्न भयो, यसले नेतृत्व परिवर्तन गरेको छ । केन्द्रिय कार्यसमिति नै नयाँ आएको छ । यसलाई अध्यावधिक गरिदिनुहोला भन्ने निवेदन लिएर आएका हौँ । यसको लागी पुष्टी गर्न चाहिने कागजातहरु, सबै विवरण हामीले बुझाएका छौँ । यो अधिवेशन रितपुर्वक भएको छ र यसलाई माघ ६ गतेको प्रतिनिधिसभाको निर्वाचनको मनोनयन गर्नुपर्ने भएको हुनाले त्यो समयलाई पनि ख्याल राखेर निर्वाचन आयोगले अत्यन्त छिटो अध्यावधिक गर्ने काम टुङ्ग्याइदिएर बाँकी रहेका, बाहिर रहेका दुविधिाहरुलाई पनि चिर्दिनुपर्छ । यो राजनितिक दलको कुनै विवादसम्बन्धि विषय होइन, यो राजनितिक दलको अधिवेशन सम्पन्न भएको अध्यावधिक गरेको विषय हो । समय एकदमै कम रहेको छ, हाम्रो चाहाना भनेको आज एक गते भइसक्यो, भोली या ढिलोमा पनि पर्सिको दिन भित्रमा निर्वाचन आयोगको तर्फबाट अध्यावधिक गर्ने काम टुंगिन्छ भन्ने विश्वास छ ।’ 

उहाँले पार्टीको विशेष महाविधेशन आधिकारिक रहेकोले आफूहरु नै आधिकारीक नेपाली काँग्रेस भएको बताउनु भयो । – न्युज एजेन्सी नेपाल

 




भर्खरै