३ भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ जिल्लाकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता आजदेखि



अ+ अ-

तनहुँ। तनहुँको भिमादमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । भिमाद नगरपालिका–६ स्थित बेष्ट ब्वाइज क्लबको आयोजनामा आज माघ १ देखि ५ गतेसम्म ‘फस्ट बेष्ट ब्वाइज भलि फेस्ट–२०८२’ प्रतियोगिता हुन लागेको हो ।

आजको पहिलो खेलमा बिहान ९ बजे एपिएफ क्लब काठमाडौँ र जिएम समाज कावासोती नवलपुरबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, दोस्रो खेलमा ११ः३० बजे जोन घले हार्वेस्टिङ अष्ट्रेलिया (गोर्खा) र न्यू होराइजन भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

संस्थाका अध्यक्ष संसार अन्जान सुवेदीका अनुसार प्रतियोगितामा विजेता समूहले रु तीन लाख एक हजार ९९, उपविजेताले रु दुई लाख एक सय ९९ पुरस्कार प्राप्त गर्नेछ । उहाँका अनुसार सान्त्वना हुने समूहलाई जनही रु ५०–५० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले रु २० हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु १०–१० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा एपिएफ क्लब काठमाडौँ, जोन घले हार्वेस्टिङ अष्ट्रेलिया (गोर्खा), बेस्ट ब्वाइज गण्डकी प्रदेश, न्यू होराइजन भलिबल क्लब, जिएम समाज कावासोती नवलपुरको सहभागिता रहनेछ ।

स्थानीयस्तरमा खेलकुदको विकास, युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने तथा भिमादको पहिचान राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको अध्यक्ष सुवेदीले बताए ।

प्रतियोगितामा राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहनेछ । माघ १ गते समीक्षा अधिकारी र निश्चल दवाडी, माघ २ गते प्रकाश दुतराज, माघ ३ गते आश्मा विश्वकर्मा, अर्जुन सापकोटा र सविन राईको व्याण्ड, माघ ४ गते बद्री पङ्गेनी र शान्तिरानी परियारको प्रस्तुति रहनेछ ।