२७ श्रावण २०८३, बुधबार
,
Latest
बुद्ध जन्मभूमिबारे दलाई लामाको अभिव्यक्तिप्रति विश्लेषक गौतमको कडा आपत्ति, ‘तत्काल सच्याएर माफी माग्नुपर्छ’ एनआरएनएको १५ बुँदे सङ्कल्पसहित ‘डब्लिन घोषणापत्र’ जारी अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति प्राकृतिक वनस्पति घट्दा ब्राजिलमा एल निनोको प्रभाव बढ्ने जोखिम विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै कृषि केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त र डिडिसीबीच त्रिपक्षीय सम्झौता सक्षम र इमान्दार कानून व्यवसायी बिना न्यायपालिकाले प्रभावकारी काम गर्न सक्दैनः प्रधानन्यायाधीश शर्मा सक्षम र मर्यादित कनून व्यवसायमार्फत विधिको शासन सृदृढ गर्छौंः महान्यायाधिवक्ता डा. कँडेल संसदीय समितिमा प्रहरी महानिरीक्षकको असन्तुष्टिः ‘संस्थाको मर्यादा र गरिमाको ख्याल गरियोस्’ कारागार तथा बाल सुधार गृहहरुलाई दण्डात्मक संस्था नभई पुनःस्थापना केन्द्रका रुपमा विकास गर्न संसदीय उपसमितिको…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मअनुशासन र निष्ठाबाटै सुसंस्कृत समाज निर्माण हुन्छ- बद्री पाण्डे



अ+ अ-

काठमाडौँ। पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आत्मअनुशासन र निष्ठाबाटै समाज सुसंस्कृत हुनसक्ने बताउनु भएको छ ।

आज नेपाल संस्कृत विश्वविद्यालय वाल्मिकी विद्यापीठ अन्तर्गत सञ्चालित तीनधारा संस्कृत छात्रावासको आयोजनामा पूर्व सुपरिवेक्षक सम्मान कार्यक्रममा उहाँले आत्मअनुशासन, निष्ठा र सुसंस्कृत आचरणले मात्र सभ्य समाज निर्माण सम्भव हुने बताउनुभयो ।

पाण्डेले संस्कृत र अङ्ग्रेजी भाषा दुवैमा दक्षता हासिल गर्न सके विश्वका जुनसुकै स्थानमा गए पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा वाल्मिकी विद्यापीठका प्राचार्य प्रा अच्युत लामिछानेले संस्कृत शिक्षाले राजनीति, साहित्य, प्राध्यापन, प्रशासन र सांस्कृतिक क्षेत्रमा सक्षम जनशक्ति उत्पादन गर्दै आएको बताउनुभयो ।

वरिष्ठ पत्रकार तथा विश्लेषक पुरुषोत्तम दाहालले तीनधारा संस्कृत छात्रावास नेपालको राजनीतिक व्यक्तित्व निर्माण, साहित्यिक योगदान र सांस्कृतिक चेतनाको महत्वपूर्ण केन्द्र भएको धारणा राख्नुभयो ।

कार्यक्रममा तीनधारा संस्कृत छात्रावासका पूर्व सुपरिवेक्षकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा विद्यानाथ उपाध्याय, नीलमणि ढुङ्गाना, पुरुषोत्तम दाहाल, रामचन्द्र गौतम, रामहरि ढकाल, यतिराज भट्टराई, धुव्रप्रसाद ज्ञावली, अर्जुनबाबु दाहाल र रवीन्द्र न्यौपाने रहेका छन् । रासस