१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ
अ अ+ अ-

काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने यात्रुवाहक सवारीसाधनका चार जना चालकलाई आज पक्राउ गरेको छ ।

ट्राफिक सप्ताह–२०८२ का अवसरमा सञ्चालन गरिएको विशेष जाँच अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन् । काठमाडौँको शीतापाइला क्षेत्रमा आज दिउँसो गरिएको सवारीसाधन जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाइरहेका चार जना चालकलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जनालाई नियन्त्रणमा लिइएको छ । जसमा तीन जना यात्रुवाहक बसका चालक र एक जना भाडाको ट्याक्सी चालक छन् । उनीहरूको नाम अहिले गोप्य राखिएको छ ।”

उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोली, नेपाल प्रहरी अस्पताल र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले आज १८ वटा सवारीसाधनका चालकलाई चेकजाँच गर्दा चार जना चालकले लागुपदार्थ सेवन गरी सवारीसाधन चलाएको पुष्टि भएपछि उनीहरूलाई तत्काल पक्राउ गरिएको प्रवक्ता सुवेदीले बताउनुभयो ।

प्रवक्ता सुवेदीले भन्नुभयो, “सवारीसाधन चलाउँदा चालक पूर्ण रूपमा सचेत र स्वस्थ हुनु अत्यावश्यक हुन्छ । लागुपदार्थ सेवन गरी सवारी चलाउनु यात्रु, पैदलयात्री तथा अन्य सवारी चालक सबैका लागि गम्भीर जोखिम हो । त्यसैले यस्तो कार्यमा संलग्नलाई कानुनअनुसार कारबाही गरिन्छ ।”

पक्राउ परेका चारैजनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानपछि उनीहरूमाथि प्रचलित कानुनअनुसार मुद्दा प्रक्रिया अघि बढाइने प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

पछिल्लो समय ट्राफिक दुर्घटनाका प्रमुख कारणमध्ये मदिरा तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनु पनि एक रहेको भन्दै ट्राफिक प्रहरीले यसलाई नियन्त्रण गर्न विशेष निगरानी र नियमित जाँचलाई तीव्र बनाएको छ ।

ट्राफिक सप्ताह–२०८२ अन्तर्गत चालकको स्वास्थ्य परीक्षण, सवारीसाधनको यान्त्रिक परीक्षण, ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम, विद्यालय तथा सार्वजनिकस्थलमा ट्राफिक शिक्षालगायत विविध कार्यक्रम सञ्चालन भइरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रवक्ता सुवेदीले यात्रुवाहक सवारीसाधनका चालकलाई यात्रुको सुरक्षाप्रति विशेष जिम्मेवार बन्न आग्रह गर्दै लागुपदार्थ तथा मदिरा सेवन नगरी सवारी चलाउन पुनःअनुरोध गर्नुभएको छ । साथै, यात्रुहरूलाई पनि शङ्कास्पद अवस्था देखिएमा तत्काल ट्राफिक प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ ।रासस