१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना

आयव्ययलाई वास्तविक बनाउन सुनिता डंगोलको निर्देशन

आयव्ययलाई वास्तविक बनाउन सुनिता डंगोलको निर्देशन
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले आगामी ३ वर्षको आय, व्यय प्रक्षेपण गरेको छ ।

उपप्रमुख एवं समितिका संयोजक सुनिता डंगोलको अध्यक्षतामा आज बसेको बैठकले, आन्तरिक आयका स्रोत, राजस्वको क्षेत्र र दायरा तथा खर्चको लेखाजोखा गर्दै आय व्यय प्रक्षेपण गरेको हो ।

बैठकले आ. व. २०८३/०८४ का लागि १५ अरब १३ करोड ३० लाख ५५ हजार रुपियाँ, आ. व. २०८४/०८५ का लागि १५ अरब ५१ करोड ८१ लाख ६० हजार रुपियाँ र आ. व. २०८५/०८६ का लागि १५ अरब ९८ करोड ८६ लाख ६५ हजार रुपियाँ आय अनुमान गरेको छ ।

महानगरपालिकाको आ. व. २०८१/०८२ को यथार्थ आय १० अरब ७४ करोड ४४ लाख ५४ हजार रुपियाँ हो । महानगरपालिकाले चालु आर्थिक वर्षका लागि १५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपियाँ आय लक्ष्य राखेको छ । जसमध्ये अहिलेसम्ममा ५ अरब ६९ करोड रुपियाँ आय संकलन भएको छ ।

व्ययतर्फ आ. व. २०८३/०८४ का लागि २७ अरब ६२ करोड ५७ लाख ७५ हजार १ सय रुपियाँ, आ. व. २०८४/०८५ का लागि ३० अरब ३८ करोड ८३ लाख ५२ हजार ६१० रुपियाँ र आ. व. आ. व. २०८५/०८६ का लागि ३३ अरब ४२ करोड ७१ लाख ८७ हजार ८७१ रुपियाँ अनुमान गरिएको छ ।

वैठकमा आम्दानी र खर्चको तुलनात्मक विश्लेषण गर्दै संयोजक डंगोलले, आयले खर्च नियन्त्रण गर्ने प्रणाली स्थापित गर्दै जानु पर्ने बताउनुभयो । ‘आम्दानी र खर्च प्रक्षेपणलाई वास्तविक बनाउन आधार, तथ्य र व्यवहारिकता अध्ययनका लागि तेस्रो पक्षबाट सेवा लिएर तथ्य निकाल्नुहोला ।’ राजस्व विभाग र वित्त विभागका अधिकारीहरुलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘सिद्धान्तलाई स्वीकार गर्ने र व्यवहारिकतालाई जोड दिएर अध्ययनको खाँचो छ ।’

बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा कानुनले निर्दिष्ट गरेको समयावधिमा काम भइरहेको बताउनुभयो । त्यस क्रममा राजस्व विभागका प्रमुख दिपक अधिकारीले आयका क्षेत्र र संकलनको अवस्थाका बारेमा र वित्त विभागको बजेट महाशाखा प्रमुख विकास चित्रकारले खर्चको विश्लेषणका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा यो चौथो चरणको प्रक्रिया हो । स्थानीय सरकारको बजेट, नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्नका लागि प्रमुख अध्यक्ष रहने स्रोत अनुमान निर्धारण समिति रहने व्यवस्था छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ मा भएको व्यवस्थाअनुसार यस समितिमा उपप्रमुख र कार्यपालिका सदस्यमध्ये दलित, अल्पसंख्यक पर्ने गरी प्रमुखले तोक्नुभएका ४ जना सदस्य रहनुहुन्छ ।

समितिको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ । समितिले आफूलाई प्राप्त हुने आन्तरिक आय, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, अनुदान, ऋण र अन्य आयको प्रक्षेपण गर्छ । यसबाट सन्तुलित वितरणको खाका र बजेटको सीमा निर्धारण गरिन्छ ।

आन्तरिक आय, राजस्व बाँडफाँडबाट प्राप्त हुने आय, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण, आन्तरिक ऋण तथा अन्य आयको प्रक्षेपण गर्ने, राष्ट्रिय तथा प्रादेशिक प्राथमिकता र स्थानीय आवश्यकतालाई मध्यनजर गरेर प्रक्षेपित स्रोत र साधनको सन्तुलित वितरणको खाका तय गर्ने समितिको काम हो ।

आगामी आ. व. का लागि स्रोत अनुमानको आधारमा बजेटको कुल सीमा निर्धारण गर्ने, विषय क्षेत्रगत बजेटको सीमा निर्धारण गर्ने, प्राथमिकता र आवश्यकताहरुको प्राथमिकीकरणका आधार तय गर्ने काम समितिको हो । यसरी समितिले निर्धारण गरेको स्रोत अनुमान र बजेटको सीमा प्रमुख प्रशासकीय अधिकृतले चैत १५ गतेभित्र विषयगत संरचनाहरुलाई उपलब्ध गराउनु पर्छ । आयोग, विभाग, महाशाखा, शाखा, आयोजना, एकाइ तथा वडाले यही सीमाका आधारमा योजना, आयोजना, कार्यक्रम तथा बजेट तर्जुमा गरेर कार्यपालिकामा पठाउनुपर्छ ।

यसरी स्रोत अनुमान तथा सीमा निर्धारण समितिले निर्धारण गरेको आयको प्रक्षेपण र वितरणको खाकामा आधारमा वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्न उपप्रमुखको संयोजकत्वमा समितिको व्यवस्था छ । यो समितिमा विषय वा क्षेत्र हेर्ने कार्यपालिका सदस्यहरु र प्रमुख प्रशासकीय अधिकृत सदस्य रहनुहुन्छ । योजना विभाग, महाशाखा वा शाखा प्रमुख समितिको सदस्य सचिव रहनुहुन्छ । यही व्यवस्थाबमोजिम महानगरको योजना, अनुगमन तथा मूल्याङ्कन एकाईले काम गर्छ ।

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार पार्ने, बजेट सीमाभित्र रही बजेट तथा कार्यक्रमको प्राथमिकीकरण गर्ने, बजेट तथा कार्यक्रमको प्रस्तावलाई विषय क्षेत्रगत रुपमा छलफल गर्ने व्यवस्था मिलाउने, अन्तिम प्रस्ताव तयार गरेर कार्यपालिकामा पेश गर्ने यो समितिको मुख्य काम हो ।

योजना तथा कार्यक्रममा दोहोरो हुन नदिने, आपसी तादाम्यता तथा परिपूरकता कायम गराउनु समितिको जिम्मेवारी हो ।